१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार कारोबारको पहिलो घण्टामा शेयर बजार २८ दशमलव २३ अंकले उकालो



symbolic picture
अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसुचक कारोबार भएको एक घण्टाको अवधिमा २८ दशमलव २३ अंक बढेर  २ हजार ३२ दशमलव ६२ विन्दुमा पुगेको छ ।

यस अवधिमा १८८ ओटा कम्पनीको रू. १ अर्ब ४३ करोड ७९ लाख १६ हजारभन्दा बढीको शेयर खरीदविक्री भएको हो । सबैभन्दा बढी नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. ३६३ पुगेको छ । नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू १६ करोड ६३ लाख ५८ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये सबैभन्दा बढी जलविद्युत् समूहको परिसुचक ५ दशमलव १६ प्रतिशत वृद्धि भएको छ  ।