४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान सुनसान ‘रिहार’ धाम उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो देशभर मनसुनी वायुको प्रभाव कायम प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, १० गते महासभालाई सम्बोधन बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डका पूर्व क्रिकेटर ग्राहम थोर्पेले आत्महत्या गरे



अ+ अ-

एजेन्सी । इंग्ल्याण्डका पूर्व क्रिकेटर ग्राहम थोर्पेले गत हप्ता आत्महत्या गरेका थिए ।

थोरपेको मृत्यु भएको ७ दिनपछि सोमबार उनकी श्रीमती अमान्डाले थोर्पेले आत्महत्या गरेको खुलासा गरेकी हुन् । यसअघि पनि उनले यस्तो प्रयास गरेको खुल्नमा आएको छ ।

अमान्डाले पूर्व इंग्ल्यान्ड कप्तान माइकल एथर्टनलाई एक अन्तर्वार्तामा भनिन् कि थोर्पे खराब स्वास्थ्यका कारण डिप्रेसन र चिन्ताबाट पीडित थिए, जसका कारण उनले आफ्नो ज्यान गुमाए । थोर्पेले मृत्यु हुनु अघि आफैंसँग लामो मानसिक र शारीरिक युद्ध लडेका थिए ।

थोर्पेको ५५ वर्षको उमेरमा अगस्ट ५ मा निधन भएको थियो । उनको निधनको घोषणा इङ्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले गरेको हो । त्यतिबेला मृत्युको कारण भने खुलाइएको थिएन ।

थोर्पेले सन् १९९३ देखि २००५ सम्म इंग्ल्याण्डका लागि १०० टेस्ट खेलेका थिए । यसका साथै उनी इंग्ल्याण्डको सिनियर पुरुष टिमको ब्याटिङ प्रशिक्षक पनि भइसकेका थिए । उनी २०२२ देखि गम्भीर बिरामी थिए । उनी अफगानिस्तानको मुख्य प्रशिक्षकमा पनि नियुक्त भएका थिए । तर, उनले आफ्नो कार्यकाल पूरा गर्न सकेनन् ।