२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डका पूर्व क्रिकेटर ग्राहम थोर्पेले आत्महत्या गरे



अ+ अ-

एजेन्सी । इंग्ल्याण्डका पूर्व क्रिकेटर ग्राहम थोर्पेले गत हप्ता आत्महत्या गरेका थिए ।

थोरपेको मृत्यु भएको ७ दिनपछि सोमबार उनकी श्रीमती अमान्डाले थोर्पेले आत्महत्या गरेको खुलासा गरेकी हुन् । यसअघि पनि उनले यस्तो प्रयास गरेको खुल्नमा आएको छ ।

अमान्डाले पूर्व इंग्ल्यान्ड कप्तान माइकल एथर्टनलाई एक अन्तर्वार्तामा भनिन् कि थोर्पे खराब स्वास्थ्यका कारण डिप्रेसन र चिन्ताबाट पीडित थिए, जसका कारण उनले आफ्नो ज्यान गुमाए । थोर्पेले मृत्यु हुनु अघि आफैंसँग लामो मानसिक र शारीरिक युद्ध लडेका थिए ।

थोर्पेको ५५ वर्षको उमेरमा अगस्ट ५ मा निधन भएको थियो । उनको निधनको घोषणा इङ्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले गरेको हो । त्यतिबेला मृत्युको कारण भने खुलाइएको थिएन ।

थोर्पेले सन् १९९३ देखि २००५ सम्म इंग्ल्याण्डका लागि १०० टेस्ट खेलेका थिए । यसका साथै उनी इंग्ल्याण्डको सिनियर पुरुष टिमको ब्याटिङ प्रशिक्षक पनि भइसकेका थिए । उनी २०२२ देखि गम्भीर बिरामी थिए । उनी अफगानिस्तानको मुख्य प्रशिक्षकमा पनि नियुक्त भएका थिए । तर, उनले आफ्नो कार्यकाल पूरा गर्न सकेनन् ।