२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

मंगलबार शेयर बजार ९ दशमलव शून्य ४ अंकले घटेर १ हजार ९९५ दशमलव ३५ विन्दुमा

मंगलबार शेयर बजार ९ दशमलव शून्य ४ अंकले घटेर १ हजार ९९५ दशमलव ३५ विन्दुमा
अ अ+ अ-

काठमाडौं । मंगलबार शेयर बजार ९ दशमलव शून्य ४ अंकले घटेर १ हजार ९९५ दशमलव ३५ विन्दुमा झरेको छ । सोमबाररू. ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार बराबरको शेयर कारोबार भएकोमा मंगलबार रू. ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार बराबरको कारोबार भएको छ । 

मंगलबार २०२ ओटा कम्पनीको ४८ हजार ८०१ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड २५ लाख ६६ हजार ९६१ कित्ता शेयर कारोबार भएको हो । यस दिन कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस दिन नेपाल पुनर्बीमा कम्पनीको रू. ४५ करोड ८१ लाख २ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन कम्पनीको शेयरमूल्य सोमवारकोभन्दा प्रतिकित्ता रू. २५ ले घटेर रू. १ हजार ६०५ मा झरेको छ । मंगलबार नेपाल पुनर्बीमा कम्पनीको शेयर न्यूनतम रू. १ हजार ५८० देखि अधिकतम रू. १ हजार ६८८ सम्म खरीदविक्री भएको छ ।

यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ४ दशमलव शून्य ७ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङको शून्य दशमलव ५२ प्रतिशत, होटलको शून्य दशमलव ४ प्रतिशत, विकास बैंकको १ दशमलव ४६ प्रतिशत, वित्तको १ दशमलव ६९ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ३५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव २६ प्रतिशत, अन्यको १ दशमलव शून्य ८ प्रतिशत, लघुवित्तको शून्य दशमलव १२ प्रतिशत र जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ९८ प्रतिशतले घटेको हो ।

जलविद्युत् समूह अन्तर्गतका तीन ओटा कम्पनीको शेयरमूल्य मंगलबार सर्किट लेभलमा बढेको छ ।यस दिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । त्यस्तै युनिलिभर नेपालको ६ प्रतिशत र विशाल बजार कम्पनीको शेयरमूल्य पनि ५ दशमलव ७५ प्रतिशतले घटेको छ । मंगलबार सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा नारायणी डेभलपमेण्ट बैंक लिमिटेड रहेको छ । उक्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर अन्तिम मूल्य रू. ३६३ कायम भएको छ । त्यस्तै, अपर तामाकोशीको ९ दशमलव ८० प्रतिशतले बढेर अन्तिम मूल्य रू. ५०४, रसुवागढी हाइड्रोपावरको ९ दशमलव ७९ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ३१४ र साञ्जेन जलविद्युत् कम्पनीको ९ दशमलव ६९ प्रतिशतले बढेर अन्तिम मूल्य रू. २८३ कायम भएको छ ।