१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार शेयर बजार ९ दशमलव शून्य ४ अंकले घटेर १ हजार ९९५ दशमलव ३५ विन्दुमा



अ+ अ-

काठमाडौं । मंगलबार शेयर बजार ९ दशमलव शून्य ४ अंकले घटेर १ हजार ९९५ दशमलव ३५ विन्दुमा झरेको छ । सोमबाररू. ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार बराबरको शेयर कारोबार भएकोमा मंगलबार रू. ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार बराबरको कारोबार भएको छ । 

मंगलबार २०२ ओटा कम्पनीको ४८ हजार ८०१ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड २५ लाख ६६ हजार ९६१ कित्ता शेयर कारोबार भएको हो । यस दिन कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस दिन नेपाल पुनर्बीमा कम्पनीको रू. ४५ करोड ८१ लाख २ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन कम्पनीको शेयरमूल्य सोमवारकोभन्दा प्रतिकित्ता रू. २५ ले घटेर रू. १ हजार ६०५ मा झरेको छ । मंगलबार नेपाल पुनर्बीमा कम्पनीको शेयर न्यूनतम रू. १ हजार ५८० देखि अधिकतम रू. १ हजार ६८८ सम्म खरीदविक्री भएको छ ।

यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ४ दशमलव शून्य ७ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङको शून्य दशमलव ५२ प्रतिशत, होटलको शून्य दशमलव ४ प्रतिशत, विकास बैंकको १ दशमलव ४६ प्रतिशत, वित्तको १ दशमलव ६९ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ३५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव २६ प्रतिशत, अन्यको १ दशमलव शून्य ८ प्रतिशत, लघुवित्तको शून्य दशमलव १२ प्रतिशत र जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ९८ प्रतिशतले घटेको हो ।

जलविद्युत् समूह अन्तर्गतका तीन ओटा कम्पनीको शेयरमूल्य मंगलबार सर्किट लेभलमा बढेको छ ।यस दिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । त्यस्तै युनिलिभर नेपालको ६ प्रतिशत र विशाल बजार कम्पनीको शेयरमूल्य पनि ५ दशमलव ७५ प्रतिशतले घटेको छ । मंगलबार सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा नारायणी डेभलपमेण्ट बैंक लिमिटेड रहेको छ । उक्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर अन्तिम मूल्य रू. ३६३ कायम भएको छ । त्यस्तै, अपर तामाकोशीको ९ दशमलव ८० प्रतिशतले बढेर अन्तिम मूल्य रू. ५०४, रसुवागढी हाइड्रोपावरको ९ दशमलव ७९ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ३१४ र साञ्जेन जलविद्युत् कम्पनीको ९ दशमलव ६९ प्रतिशतले बढेर अन्तिम मूल्य रू. २८३ कायम भएको छ ।