३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोमा कोभिड–१९ खोप अभियान डिसेम्बरको अन्त्यमा



अ+ अ-

मेक्सिको सिटी । कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान शुरु हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिने बताएको छ । उपस्वास्थ्य मन्त्री ह्युगो लोपेज–गाटेलका अनुसार पहिलो चरणको खोप अभियान यही डिसेम्बर महिनाको तेस्रो साताबाट शुरु हुने र त्यो फेब्रुअरी २०२१ सम्म चल्नेछ । राजधानी मेक्सिको सिटी र उत्तरी कोहाउइला राज्यलाई पहिलो प्राथमिकतामा राखिएको पनि उनले जानकारी दिए । 

मेक्सिको सिटीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चिकित्सक र नर्सका साथै वृद्धवृद्धा समेतका अति जोखिममा परेका नागरिकलाई पहिलो प्राथमिकताका साथ खोप दिइने बताए । मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डका अनुसार यसै महिना करिब २ लाख ५० हजार डोज खोप मेक्सिको आइपुग्ने जानकारी दिएका छन् । मेक्सिकोमा सोमबारसम्म ११ लाख ८२ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र हालसम्म १ लाख १० हजार व्यक्तिको मृत्यु भइसकेको छ । 

राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले मेक्सिकोका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क वितरण गरिने घोषणा गरेका छन् । उनले सन् २०२१ को अन्त्यसम्ममा सबै नागरिकलाई खोप दिइसक्ने योजना अघि सारेका छन् । सरकारले यसअघि नै फाइजर–बायोएनटेक कम्पनीसँग ३ करोड ४४ लाख डोज खोपका लागि सम्झौता गरिसकेको छ जसमध्ये २ लाख ५० हजार डोज डिसेम्बर १७ भित्रमा मेक्सिको आइपुग्ने अपेक्षा गरिएको छ । 

मेक्सिकोको सेना र प्रहरीले खोप वितरणको जिम्मेवारी पाएको छ । मेक्सिकोको औषधि व्यवस्था विभागले आगामी डिसेम्बर ११ भित्रमा फाइजरको खोपलाई स्वीकृत गरिसक्ने ह्युगो लोपेज–गाटेलले बताएका छन् । बेलायतले फाइजर–बायोएनटेकको खोपलाई स्वीकृत गरी आम सर्वसाधारणलाई खोप दिन थालिसकेको छ । 

राष्ट्रपति ओब्राडोरले अन्य मुलुकको भ्याक्सिन पनि मेक्सिकोले खरिद गर्ने योजना बनाएको जानकारी दिएका छन् । मेक्सिकोले यसै साता चीनको करिब ३ करोड ५० लाख क्यानसिनो खोप ल्याउने गरी सम्झौता गरेको छ ।  




भर्खरै