९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन श्रम आप्रवासन नीति चाँडै ल्याउँछौं: श्रममन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन छुट्टै श्रम आप्रवासन नीति बनाउने तयारीमा रहेको बताउनुभएको छ ।

सिंहदरबारमा आईतवार डा।गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार पारेको आप्रवासन नीतिको मस्यौदा बुझ्दै यस्तो बताउनुभएको हो ।

उहाँले समितिले तयार पारेको मस्यौदालाई आवश्यक छलफल र सुझावको आधारमा पूर्ण नीतिका रुपमा सरकारले चाँडै ल्याउने प्रतिवद्धता जनाउनु भयो । उहाँले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनको लागि नीति र कानूनको अभाव भएको भन्दै भएका कानूनहरुलाई संशोधन गरी वर्तमान समयअनकुल बनाउने तयारीमा सरकार रहेको बताउनु भयो । उहाँले श्रम क्षेत्रमा देखिएका बेथितिलाई समाधान गर्नको लागि श्रम अदालतको दायरा जिल्ला अदालतहरुमा समेत पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अहिले सरकारले श्रम क्षेत्रका तीन कुरामा प्राथमिकता दिएको बताउनु भयो ।

उहाँले वैदेशिक रोजगारीमा जाने प्रणालीलाई सुधार गर्न सरकारले नीतिगत रुपमा सुधार गर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीको क्षेत्रलाई कसरी व्यवस्थित र मर्यादित बनाउने गरी आप्रवासन नीतिको मस्यौदा आएको बताउनु भयो । उहाँले सरकारले विदेशमा गएका नागरिकहरुलाई नेपाल फर्काएर ल्याउन के गर्न सकिन्छ ? भन्ने विषयमा पनि योजना बनाइरहेको बताउनु भयो । विदेश जानेहरुलाई सरकारले रोक्न नसकेपनि मुलुकमा र्फकाएर ल्याउने योजना बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालले बजार अनुसारको माग गर्ने भन्दा पनि आफ्नो माग अनुसारको बजार बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले सरकारले श्रम क्षेत्रका तीन कुरामा प्राथमिकता दिएको छ । भइरहेको वैदेशिक रोजगारीमा जाने प्रणालीलाई सुधार गर्नसक्छौ । वैदेशिक रोजगारीको क्षेत्रलाई कसरी व्यवस्थित र मर्यादित बनाउन सक्छौं भन्ने आधारमा आप्रवासन नीतिको मस्यौदा आएको छ । सरकारले विदेशमा गएका नागरिकहरुलाई नेपाल र्फकाएर ल्याउन के गर्नसक्छौं । विदेश जानेहरुलाई सरकारले रोक्न सक्दैन भने मुलुकमा र्फकाएर ल्याउने योजना के हुनसक्छ । श्रमिकले विदेशमा सिकेका सिपहरुलाई मुलुकमा ल्याएर के गर्न सकिन्छ । हामीले बजार अनुसारको माग गर्ने की आफ्नो माग अनुसारको बजार बनाउने हो । मुलुकमा ठूलो उद्योगहरु खोल्न सक्ने सम्भावना छैन । भोलीको सम्भावनालाई आवश्यक पर्ने श्रमिक उत्पादन गरेर प्रोडक्ट अनुसारको बजार ल्याउन सक्छौं ।’

उहाँले नेपालीले श्रमको उचित मूल्य पाउनुपर्छ भन्ने विषयमा सरकार स्पष्ट रहेको बताउनु भयो । —