४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छ: नेता कोईराला



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोईरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताउनुभएको हो ।

उहाँले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भएपनि सरकारको बहुमत नपुग्ने बताउनु भयो । उहाँले दुवै सदनमा बहुमत पुर्‍याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताउनु भयो । नेता कोईरालाले संविधान संशोधन गर्दा नेकपा(माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताउनु भयो । उहाँले अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाँइ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि बिचार पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राजनीतिज्ञहरुले राजनीति गर्ने हो । पैसा कमाउनलाई त्यहाँ(सरकारमा) जाने होइन भन्ने कुरा एकदम बुझिने भाषामा हामीले भन्न सक्नुपर्छ । मैले हाम्रा साथीहरु जो मन्त्री हुनुभएको छ, उहाँहरुलाई मैले के भनेको छु भने तिमीहरु कस्तो गर्छौ ?भोलि काम कति सक्छौँ ? सक्दैनौ ? त्यो आफ्नो ठाउँमा छ । तर मन्त्रिपरिषद्बाट निस्किदाँखेरी निष्कलङ्क निस्क । त्यति सबैभन्दा ठूलो कुरा हो । तिमीहरु निष्कलङ्क निस्कियौँ भने नेपाली कांग्रेसको इज्जत रहन्छ । राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने छ । तर हामीले यो पनि बुझ्नुपर्ने हुन्छ । अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाईं पनि हो । ०६२/०६३ को आन्दोलनले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाँइ पनि भएको छ भन्ने कुरा पनि हामीले दिमागमा राखौँ । त्यसकारण निर्वाचन प्रणालीमा सबै जातजातिहरुलाई समेट्नेगरी तर बहुमत आउनेगरी कसरी गर्न सकिन्छ त्यतातिर सोच्नुपर्‍यो ।’

‘कसरी गर्दा उनीहरुको प्रतिनिधित्व पनि संसदमा सुनिश्चित हुन्छ । र बहुमतको सरकार पनि बन्नसक्छ । त्यतातिर पनि ध्यान पुर्‍याउँ । समावेशी चरित्रको संविधानलाई आगाध नपुग्नेगरी बनाऔँ भन्नेछ । संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरापनि दिमागबाट हटाइदिनुस् । त्यो हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझौँ । किन हुन सक्दैन भने प्रतिनिधि सभा र राष्ट्रिय सभा मिलाएर दुई तिहाई बहुमत चाहिन्छ । राष्ट्रिय सभामा यो सरकारको बहुमत पुग्दैन । दुई वर्ष कुर्नैपर्ने हुन्छ । संशोधन गर्दाखेरी संविधानलाई सुधार गर्ने क्रममा माओवादी लगायत अन्य राजनीतिक दलहरुलाई पनि हामीहरुले साथ लिएर जानुपर्छ । किनभने संविधान भन्नेकुरा नेपाली जनताको हो । कुनै राजनीतिक दलको संविधान हुँदैन भन्ने कुरा हामीले बुझौँ । नेपाली जनताको संविधानलाई सबै राजनीतिक दलहरुले स्वीकार गरेको हिसाबले हामी जानुपर्ने हुन्छ ।’

उहाँले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनको लागि नेपाली कांग्रेस र नेकपा(एमाले) एक ठाउँमा उभिएका बताउनु भयो । उहाँले नेपाली काँग्रेसका मन्त्रीहरुलाई पदबाट बाहिरिँदा निष्कलङ्क भएर निस्किन आग्रह गरेको पनि बताउनु भयो ।