४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुमतको बलमा संविधान संशोधन गर्दैनौँ, विधि र प्रक्रियाबाटै हुन्छ: उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताउनुभएको छ ।

शुक्रवार विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले वर्तमान सरकारले संविधानमा अपुरो भएको कुरालाई पूर्णता दिन संविधान संशोधन गर्ने बताउनुभएको हो ।

उहाँले संविधान संशोधन बहुमतको बलमा नगरी निश्चित विधि र प्रक्रियाबाट गरिने बताउनु भयो । अधिकार दिने कुराहरुमा भएका कमी कमजोरी सच्याउन र समाजका असन्तुष्टिहरुलाई सम्बोधन गर्न संविधान संशोधन गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले काँग्रेस जनतालाई अधिकार दिलाउन लडेको पार्टी भएको भन्दै जनतालाई दिएको अधिकार फिर्ता लिनेबारे नसोच्ने बताउनु भयो । उहाँले ०७२ सालमा ल्याएको संविधानले दिएको अधिकार कटौती गर्न लागिएको भन्ने गलत व्याख्या भइरहेको भन्दै त्यस्तो नहुने बताउनु भयो । उहाँले ०७२ को संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न र कमी कमजोरीहरु सच्याउनकै लागि संविधान संशोधन गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो सरकार संविधानको पालना गराउनको लागि, संविधानमा अपुरो भएका कुराहरुलाई संशोधन गर्ने । संशोधन निश्चित विधि र प्रक्रियाबाट हुन्छ । बहुमतको बलमा गर्ने होइन । विधि, प्रक्रिया पूरा गरेर गर्ने हो । अधिकार दिनुपर्नेमा कमी, कमजोरी भइरहेको छ । समाजमा उठेका असन्तुष्टिका सवालहरुलाई सम्बोधन गर्नका लागि संविधान संशोधन गरेर अझ समाजमा राम्रो वातावरण बनाउनका लागि यो सरकारले काम अगाडी बढाउनेछ । हामी त जनतालाई अधिकार दिलाउनका लागि लडेको पार्टी हो ।

जनतालाई दिएको अधिकार फेरि फिर्ता ल्याउन कसैले सोच्छ रु ०७२ को संविधानका दिएको अधिकारहरु पनि कटौती गर्न लागेको हो कि भन्ने हल्ला, गलत व्याख्या गरिरहेको छ । गलत भाष्य विकसित गर्न दुष्प्रयास गरेको कुरालाई ध्यानमा राख्नुपर्छ । ०७२ को संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्नका लागि, कमीकमजोरी छन् भने त्यसलाई सुधार गरौँ भन्नेकुरा के नराम्रो भएको छ र रु राम्रो गर्ने हो । हामी सबैले लडेर ल्याएको संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता सबै कुरालाई अझ राम्रोसँग जनताले चाहे अनुसार, समाजले चाहे अनुसार ति कामहरु कार्यान्वयन गराउनका लागि संविधान, कानुनमा कमी कमजोरी छ भने त्यसलाई सुधार गर्नलाई कदम अगाडी चाल्नेछौँ ।’

उहाँले संघीयता, गणतन्त्र, समावेशिता लगायतका कुराहरुलाई जनताले चाहेअनुसार नै कार्यान्वयन गराउने बताउनु भयो ।