४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक छैन: महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक नरहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा खेती गर्न छोडेसँगै वन क्षेत्र बढिरहेकाले वन क्षेत्र बढाउने योजना बाउन आवश्यक नरहेको बताउनु भयो । उहाँले नेपाल उर्वर भूमि रहेकाले बोटबिरुवा आफैँ उम्रिने र हरियाली बढ्ने अवस्था रहेको बताउनु भयो । उहाँले मानिसहरले खेती गर्न छोडेसँगै जनावहरु सो क्षेत्रमा वनको रुपमा उपयोग गरी बस्न थालेको बताउनु भयो । उहाँले वन क्षेत्र बिस्तार गर्नेकुरा अब नेपालको चासोको विषय बनाइ रहन आवश्यक नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्रकृति यस्तो छ, जहाँ बोटबिरुवा उम्रिहाल्छ, हरियाली क्षेत्र बढिहाल्छ । अब एक प्रकारले भन्नुहुन्छ भने नेपालमा वन क्षेत्र बढाउने भन्नेखालको योजना जरुरी छैन । किनकी त्यो जनावरहरुले नै बढाइदिएको बढाइदिएकै छन् । मान्छेले खेती गर्न छोडेपछि त वन क्षेत्र त बढेको बढ्यै छ । किनकी जनावरले उत्पादन खाइदिएपछि किन खेती गरिरहने रु खेती गर्न छोडेपछि वन जंगल हुर्किहाल्छ । हाम्रो प्रकृति नै उर्वरा प्रकृति छ । त्यस अर्थमा वन क्षेत्र बिस्तार गर्नेकुरा अब नेपालको चासोको विषय बनिरहनु पर्छ भन्ने लाग्दैन । तर विगतमा हामीले संरक्षण नै मुख्यकुरा भन्ने अवस्थामा थियो भने अब कति आवश्यक हो भन्नेकुराको विश्लेषण आवश्यक छ ।’

महासचिव पोखरेलले जनावर र मानवबीचको द्वन्द्वलाई सही रुपमा व्यवस्थापन गर्न नसके विष्फोटक रुप लिने जिकिर गर्नुभयो । उहाँले प्रकृतिको लाभ कम देख्न थालेपछि प्रकृतिको संरक्षण हुन नसक्ने बताउनु भयो । अरुका लागि प्रकृति संरक्षण गर्ने नभइ आफ्ना लागि गर्नुपर्ने बताउनु भयो ।