१८ श्रावण २०८३, सोमबार
,
Latest
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन ​नार्पाभूमि गाउँपालिकामा बेरुजु ‘शून्य’ : वित्तीय अनुशासन र सुशासनको उदाहरणीय सफलता मनाङकाे नार्पाभूमि गाउँपालिकामा बेरुजु शून्य, वित्तीय अनुशासनको उदाहरणीय सफलता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पियुष गोयलबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

सो अवसरमा उहाँहरूबीच द्विपक्षीय व्यापार एवं आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री भण्डारीले खाद्य सामग्रीको आयात सहज बनाउनुपर्ने विषयमा समकक्षी गोयलको ध्यानाकर्षण गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

चामल तथा चिनीलगायत खाद्य सामग्री नेपाल–भारत सिमानामै पाइने मूल्यमा नेपाललाई उपलब्ध गराउन आग्रह गर्दै मन्त्री भण्डारीले उद्योग एवं व्यापारका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूबीच सचिवस्तरीय बैठक राख्ने विषयमा छलफल भएको र सो सम्बन्धमा दुई साताभित्र उक्त बैठक आयोजना गर्ने सहमति भएको छ ।

नेपालबाट सिमेन्ट, जुत्ता, प्लाइउड निर्यात गर्दा व्यवसायीले खेप्नुपरेको कागजी प्रक्रियाको अवरोधलाई हटाउने विषयमा पनि मन्त्री भण्डारीले भारत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

भारतका वाणिज्य तथा उद्योगमन्त्री गोयलले नेपाल–भारतबीचको व्यापारमा देखिएका समस्या समाधान गर्न आफ्ना कर्मचारीहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो । त्यसैगरी आजै मन्त्री भण्डारी र भारतका पेट्रोलियममन्त्री हरिजित सिंह पुरीबीच पनि भेटवार्ता भएको थियो ।