१८ श्रावण २०८३, सोमबार
,
Latest
​नार्पाभूमि गाउँपालिकामा बेरुजु ‘शून्य’ : वित्तीय अनुशासन र सुशासनको उदाहरणीय सफलता मनाङकाे नार्पाभूमि गाउँपालिकामा बेरुजु शून्य, वित्तीय अनुशासनको उदाहरणीय सफलता भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन दुर्गा प्रसाईंविरुद्ध ३ मुद्दामा अनुसन्धान गर्न ७ दिनको म्याद माग नेपाल राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने नेपाल उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ जागरण अभियान सञ्चालन गर्दै एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जागरण अभियान सञ्चालन गर्दै एमाले



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी विस्तारको दायरा फराकिलो बनाउन हरेक वर्ग, समुदाय र पेसागत क्षेत्रलाई समेटेर जागरण अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

पार्टीका प्रदेश कमिटीका पदाधिकारी र ‘मिसन पार्टी जागरण अभियान’ का केन्द्रीय प्रतिनिधिसँग आज भर्चुअल बैठक गर्दै महासचिव पोखरेलले पार्टीको जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यका साथ अभियान ल्याइएकाले प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

पार्टीले अभियानका लागि सबै पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाएको छ । महासचिव पोखरेलले पार्टीमा सङ्गठनात्मक पुनःगठनको कार्यलाई तल्लो तहसम्म विस्तार गरिने बताउनुभयो ।

पार्टीका सचिव भानुभक्त ढकालले सदस्यता नवीकरणको समय सीमा अभियानका क्रममा सदस्यता नवीकरणलाई पनि तीव्रता दिइने जानकारी दिनुभयो ।