३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८० हजारभन्दा बढी



अ+ अ-

काठमाडौं । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको संक्रमण रोकिने संकेत अझै नदेखिएको छैन । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ ।

प्राप्त समाचारअनुसार शनिबारसम्ममा यहाँका १ लाख ८० हजार ४११ जनाको ज्यान गएको हो । पछिल्लो २४ घण्टामा ४६४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ५३ हजार ३६० जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ६८ लाख ३४ हजार ९६५ जना संक्रमित भएका छन् ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा यहाँ पनि कोरोना भाइरसको दोस्रो लहर आएको बताएका छन् । उनीहरुका अनुसार यहाँ सरकारले कडा खालको लकडाउन गरेको भए पनि संक्रमण भने घटेको छैन ।