८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

काँग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएर छाड्छौँ: महामन्त्री थापा

काँग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएर छाड्छौँ: महामन्त्री थापा
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताउनुभएको छ ।

आईतवार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले पार्टीभित्र भएका गल्ती तथा कमजोरीहरुलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्‍याउने बताउनु भयो । उहाँले पार्टीले गर्ने निर्णयहरुलाई शुद्ध र पवित्र राख्ने पनि बताउनु भयो । उहाँले पार्टीभित्रको सुद्धिकरणको विषयलाई पनि आफुहरुले गम्भीरतापूर्वक लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरुको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस् । बोल्न पाइयोस् । पार्टीले गर्ने निर्णयहरुको कारणले गर्दा तपाईहरुको कसैको शीर ननिहुरियोस् । कहाँ बसेर हामीले एउटा निर्णय गरेका हुन्छाँै त्यो निर्णय गलत भयो भने अथवा गलत व्यक्ति छानियो भनेदेखि गाउँमा बसेको एउटा कांग्रेसले अनावश्यक ढंगले त्यसको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था आउँछ । त्यस्तो अवस्था नआओस् भन्ने तपाईहरुको चाहाना जुन छ, त्यसको निम्ति कतिपय कुराहरु परिणाममा पुर्याउन सकिएको होला । कतिपय कुरा परिणाममा पुर्‍याउन नसकिएको होला । तर प्रयत्न गर्ने कुरा छोडेको छैन । छोड्दैनौँ ।

यसलाई शुद्ध राख्ने, पवित्र राख्ने कुराको सन्दर्भमा यसलाई छोड्दैनौँ । पार्टी भित्रको शुद्धिकरणको विषयलाई गम्भिरतापूर्वक लिन्छौँ । गल्ती कमजोरीहरु सच्याएर पार्टीलाई भरोसा गर्ने ठाउँसम्म पुर्‍याउँछौँ । काँग्रेसलाई आस्थाको केन्द्र, निष्ठाको केन्द्र फेरि एकपटक बनाउनुपर्छ भन्ने तपाईहरुको चाहाना अनुसार त्यस्तो पार्टी बनाएरै छाड्छौँ ।’

उहाँले पार्टीले नेपाली काँग्रेसको कठिन समयमा पार्टी तथा आन्दोलनलाई जोगाउन भुमिका खेल्नुहुने अग्रजहरुलाई सम्मान गर्ने बताउनु भयो ।