१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र पाण्डेको असन्तुष्टि: केन्द्रिय कमिटी घोषणाले पार्टीको नेतृत्व पूर्ण हुन सकेको छैन



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का पूर्व उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले पार्टीको केन्द्रिय कमिटी घोषणाले पार्टीको नेतृत्व पूर्ण हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेकपा एसले श्रावण १८ गते ३४४ जना सदस्य रहेको केन्द्रिय कमिटी घोषणा गरेको थियो । उक्त निर्णयलाई लिएर असन्तुष्ट रहेका पाण्डेले अझै पनि पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरोको निर्वाचन हुन नसकेको अवस्थामा केन्द्रिय सदस्य पार्टी कामको तुलनामा संख्या असन्तुलीत रहेको देखिएको जनाएका छन् ।

‘केन्द्रिय कमिटीमा पर्नै पर्ने, बिद्रोहमा सामेल हुनुभएका, पार्टी निर्माणमा जुटिरहनुभएका र पार्टी निर्माणमा ठूलो योगदान दिन सक्ने थुप्रै कमरेडहरुको नाम केन्द्रिय कमिटीमा ल्याउन सकिएको छैन ।’ पाण्डेले सामाजिक सञ्जालमा भनेका छन् ‘आज हाम्रा अभिव्यक्तिले पार्टी निर्माणमा समस्या बनायौं भने भोली त्यो समस्या हामी आँफैलाई पर्ने हो भन्ने हेक्का राखेर पनी धैर्य धारण गर्न पार्टी केन्द्रको बाँकी निर्णयहरुलाई पर्खेर बस्न जिम्मेवार कमरेडहरुलाई हार्दीक अनुरोध गर्दछु ।’

यस्तै, असल ईमान्दार र योग्य नेताहरुले पार्टीमा योगदान गर्ने ईच्छा हुँदाहुँदै पनि आफू केन्द्रिय कमिटीमा आउन नपाएको बिषयलाई लीएर असन्तुष्टि व्यक्त गरिरहेको उनको भनाई छ ।

साथै, नेता पाण्डेले आफ्ना अभिव्यक्तिले पार्टी निर्माणमा समस्या बनायौं भने भोली त्यो समस्या आँफैलाई पर्ने हो भन्ने हेक्का राखेर पनि धैर्य धारण गर्न पार्टी केन्द्रको बाँकी निर्णयहरुलाई पर्खेर बस्न जिम्मेवार नेताहरुलाई अनुरोध गरेका छन् ।

उनले भनेका छन् ‘आज हाम्रा अभिव्यक्तिले पार्टी निर्माणमा समस्या बनायौं भने भोली त्यो समस्या हामी आँफैलाई पर्ने हो भन्ने हेक्का राखेर पनी धैर्य धारण गर्न पार्टी केन्द्रको बाँकी निर्णयहरुलाई पर्खेर बस्न जिम्मेवार कमरेडहरुलाई हार्दीक अनुरोध गर्दछु ।’