७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो लक्ष्य पूरा भइसकेको छैन–कप्तान अरुणा शाही



अ+ अ-

काठमाडौँ । नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भारतविरुद्धको ऐतिहासिक जितमा नै आफ्नो टोली सीमित नरहने बताएका छन् ।

भारतविरुद्ध पहिलो पटक जित निकाल्नु खुशीको क्षण रहे पनि आफ्नो टोलीको लक्ष्य अभैm पनि बाँकी रहेको उल्लेख गर्दै उनले लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने बताएका हुन् । नेपालले शनिवार भारतमाथि ३–२ को जित निकाल्दै छिमेक प्रतिद्वन्द्वीविरुद्ध पहिलो पटक सफलता पाएको हो । यद्यपि नेपालकी कप्तान अरुणाले समूहचरणका खेल बाँकी रहेको अबको लक्ष्य इरानजस्तो बलियो टोलीलाई हराउनु पनि रहेको उल्लेख गरेकी हुन् ।

साथै उनले जितबाट धेरै उत्साहित नभई सेमिफाइनल र फाइनलतर्फको खेलमा ध्यान दिने पनि धारणा राखिन् । यद्यपि, जितबाट तत्काल धेरै खुसी भएको समेत प्रतिक्रिया दिइन् । राम्रो सुरुआतका बाबजुद लय बिग्रिए पनि रिकर्भर गर्न सफल भएको अरुणाको भनाइ थियो ।

नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले सन् २०१६ पछि नेपाली महिला भलिबलको स्तर क्रमश वृद्धि भइरहेको प्रतिक्रिया दिएका छन् । भारतविरुद्ध पछिल्लो पटक कडा प्रतिष्पर्धा हुँदै आएपनि जित्न नसकेको उल्लेख गर्दै प्रशिक्षक भट्टले शनिवार जित निकाल्दै इतिहास रचेको बताएका छन् ।

यद्यपि, उनले बलियो टोली इरानविरुद्ध खेल्न बाँकी रहेकाले उपाधिका लागि धेरै मेहनत गर्न बाँकी रहेको बताए । उनले पनि यो जितबाट धेरै थोक पाइसकेको महसुस आफ्नो टोलीले नगर्ने स्पष्ट पारे ।

भारतीय टोलीका प्रशिक्षक जाई नारिनले शुरुवातमा सेट गुमाए पनि आफ्नो टोलीले फाइट ब्याक गरेको बताए । यद्यपि निर्णायक सेटमा केही गल्ती हुँदा खेल गुमाउनु परेको समेत बताए । यद्यपि, फाइनलमा पुन: चुनौती दिने उनको विश्वास छ । भारतीय टोलीकी कप्तान अनुश्रीले नेपाललाई फाइनलमा हराउने अर्को अवसर पनि रहेको बताइन् । नेपाली दर्शकका बीच खेल्दा धेरै दबाब पनि नरहेको उनको भनाई थियो ।