२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा विद्यार्थी अग्रसर हुन जरुरी: अध्यक्ष लिङ्देन



अ+ अ-

बनियानी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक क्षेत्रमा विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।

आज राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल झापाको अधिवेशनमा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले देशलाई सकारात्मक दिशामा अग्रसर बनाउन विद्यार्थीहरू राजनीतिमा प्रवेश गर्नुपर्नेमा जोड दिनुभयो ।

“राजनीति क्षेत्रमा विद्यार्थीको सक्रिय सहभागिता महत्त्वपूर्ण छ, देशको भविष्य विद्यार्थीहरूको हातमा छ, उनीहरूले मुलुकलाई सकारात्मक दिशा दिन सक्छन्”, उहाँले भन्नुभयो ।

राजनीति राम्रो भएमात्र देश विकास र सबैको भविष्य सुन्दर हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईँहरू राजनीतिमा आउनुपर्छ, राजनीतिलाई राम्रो बनाउनुपर्छ ।” योग्य विद्यार्थी राजनीतिमा नआए मुलुकले उन्नति हासिल गर्न नसक्ने उहाँले बताउनुभयो ।

“हाम्रो आमाबुबाको भविष्य बर्बाद भयो, हाम्रो पनि भविष्य बर्बाद भएको छ”, उहाँले भन्नुभयो, “तपाईहरूले पढाइसँगै राजनीतिमा पनि चासो दिन जरुरी छ ।” विद्यार्थीको हकहितका लागि सङ्गठनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिनुभयो ।

अधिवेशनले विकास शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा युनिसा दङ्गाल, कसिल दङ्गाल र टीकामाया कार्की चयन हुनुभएको छ भने सचिवमा विनोद पोखरेल र सहसचिव सकिला लिम्बू चयन हुनुभएको छ । कोषाध्यक्षको भूमिकामा सलेली राजवंशी चयन भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, सदस्यमा कोपिला राई, अपेक्षा राई, कमला बस्नेत, आशिष ढुङ्गेल, अभिषेक पराजुली, दर्पण लुइँटेल, राजा थापा, अशोक राजवंशी, राजा मण्डल, गोभा कटुवाल, शिल्वती राजवंशी, ममता राजवंशी, र मुकेश राजवंशी चयन हुनुभएको छ । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य अञ्जरा आलम, राप्रपा जिल्ला सदस्य एवं प्रदेशसभा सदस्य निमसरी राजवंशीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । रासस