• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo
Latest
★   नदी किनाराबारे सर्वोच्चको फैसला बिरुद्ध तत्कालै पुनरावलोकनमा जानुपर्छ: सांसद पाण्डे ★   रास्वपा सांसद पराजुलीको प्रश्न: धनराज गुरुङलाई सहकारी ठगीमा छानविन गर्ने कि नगर्ने ? ★   वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गर्दा सचिवहरु आतंकित भए: सांसद तामाङ ★   मेयर बालेन्द्र साहलाई एमाले सांसद पन्तको आग्रह: जनतालाई मर्कापर्ने काम नगर्नुस् ★   शुन्य समयमा बोल्दै सांसदहरुले सरकारलाई गराए ध्यानाकर्षण ★   पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा ★   नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल: गृहमन्त्री लेखक ★   इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ ★   ‘हेर्दा राम्रो मार्फा गाउँ…’ ★   कपाल किन झर्छ र तालु किन खुइलिन्छ ?

ओली सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्नेछ: मुख्य सचेतक बर्तौला



काठमाडौँ । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले ओली सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्ने बताउनुभएको छ ।

आज काठमाडौँको कलंकीमा भएको थाहा–काठमाडौं सम्पर्क मञ्चको दोस्रो भेलामा बोल्दै उहाँले ओली सरकार आफ्नो पुर्ण सामर्थ्यका साथ जनताको हितमा काम गर्ने बताउनु भएको हो । यस्तै, उहाँले अहिलेको समीकरणको सरकारले नै गणतन्त्रलाई केन्द्रमा राखेर संविधान संशोधन गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै बर्तौलाले भन्नुभयो – २०७४ सालको आम निर्वाचन पछि चालू खर्च बढेर आयो । यो कसरी घटाउने भनेर सोँच्ने बेला आयो । वडा सदस्य देखि संघीय सांसद सम्मको जनप्रतिनिधिहरु सडक, बाटो पुल भनेर हिँडेको छ । कानुन कसले बनाउने ? विकास कसले गर्ने ? सेवा प्रवाह कसले गर्ने ? भन्ने अन्योल रहेको छ । स्थानीय सरकारलाई दैलोदैलोमा सेवा प्रवाहमा लगाउनुपर्छ । प्रदेश सरकारलाई विकासको कामको जिम्मा दिनुपर्छ तर मन्त्रीमण्डल भने कम गराउनुपर्छ र संघीय जनप्रतिनिधिहरुलाई पुर्ण रुपमा कानून निर्माणमा लगाउनुपर्छ ।यो बहसको बिषय हो, निर्णय भने होइन ।’

एमाले केन्द्रीय सदस्य समेत रहनुभएका बर्तौलाले भन्नुभयो ‘एमालेबाट उम्मेदवार भएर निर्वाचित भएका जनप्रतिनिधिहरुले सुतेर बिताएका छैनन् ।’

उहाँले थानकोट–चित्लाङ सडकलाई सम्झँदै भन्नुभयो – निर्वाचनमा घर दैलो गर्दा थाहाको जनताक्क एउटै माग थियो थानकोट–चित्लाङ सडक । मैले निर्वाचित भए यता थप सुदृढिकरण भइसकेको छ । गएको आर्थिक वर्षमा ८ करोडको बहुवर्षिय ठेक्का लगाएका छौं । अहिले पनि ४ करोड ३६ लाख बजेट छुट्टिएको छ । म यसलाई पनि बहुबर्षिय ठेक्का लगाउन पहल गर्छु र मेरो कार्यकालमा यो सडकको कालोपत्रे पुर्ण रुपमै टुंगाएर छोड्छु ।’