७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिजो राजाका कारण प्रगती भएन भन्नेहरु आज ब्रम्हलुटमा मस्त छन् – कमल थापा



अ+ अ-

ललितपुर : राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो राजाको कारण देश बिकास भएन भन्नेहरु नै आज ब्रम्हलुटमा मस्त भएको बताएका छन् । राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरु आज सर्बसत्ताबादी भएर प्रकट भएको समेत थापाको आरोप छ ।

पार्टीको ललितपुर जिल्ला समितिद्वारा आज कुमारिपाटिमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले रोग, भोक,अशिक्षा, गरिबि र पछौटेपनको कारण राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दु धर्म भन्नेहरुले अब जवाफ दिनुपर्ने समय आएको समेत बताए ।

बिदेशिहरुले राजनितीक दलहरुलाई खेलाई राखेको , दबाब र प्रभाब बढाउदै लगेको चर्चा गर्दै राष्ट्रियता संकटमा पर्दा देशको अस्तित्व रक्षाको लागि हामिले राजा सहितको प्रजातन्त्रको एजेन्डा उठाएको समेत स्पष्ट पारे । राप्रपा नेपाल परिबर्तनको बिरोधि शक्ति नभएको परिबर्तन पक्षधर नै भएको तर निरन्तरता सहितको परिबर्तन जरुरी भएको समेत थापाले बताए ।

कुनै पनि देशले आफ्नो धर्म ,संस्कृती, मूल्य मान्यताको रक्षा बिना प्रगती नगर्ने भन्दै बिदेशी शक्तिले बोकाईदिएको भारी बोकेर देशको स्वाधिनताको रक्षा नहुने थापाको दाबी थियो । कार्यक्रममा डाक्टर बिष्णु भण्डारी ,राजाराम बर्तौला ूचुनेलीू सुदर्शन केशीले पनि बोलेका थिए ।