१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणमा क्षयीकरण आयो: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अहिले वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणमा क्षयीकरण आएको बताउनुभएको छ ।

बिहीबार तुलसीलाल अमात्यको २७ औँ स्मृति दिवसको अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालका राष्ट्रिय लोकतान्त्रिक आन्दोलन र समृद्धिको बाटो विषयक विचार गोष्ठी र कहिल्यै नझुक्ने योद्धा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले तुलसीलाल जस्ता नेताहरूबाट निष्ठा, आदर्श, त्याग र नैतिक आचरण सिक्नु पर्ने बताउनुभयो ।

भण्डारीले नेपालीले प्राप्त गरेको अहिलेको व्यवस्था कसैको निगाहबाट प्राप्त भएको नभई तुलसीलाल अमात्य लगायतका नेताहरूको त्याग र बलिदानको उपलब्धि भएको बताउनुभयो । ‘आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता, नागरिक अधिकार र समावेशिता कसैको निगाहबाट सहजरुपमा प्राप्त भएको होइन, यी उपलब्धिहरू तुलसीलाल अमात्य लगायत हजारौँ नेता कार्यकर्ताको अटुट संघर्ष, त्याग र बलिदानको लामो श्रृङ्खलाबद्ध आन्दोलन पछि प्राप्त भएको हुन् भन्ने यथार्थतालाई वर्तमान पुस्ताले कदापि बिर्सनु हुँदैन’, भण्डारीले भन्नुभयो ।

तुलसीलाल अमात्यले कम्युनिष्ट पार्टीलाई विसर्जन हुनबाट जोगाउनुभएको भण्डारीको भनाइ छ । केशरजङ रायमाझीले कम्युनिष्ट पार्टी समाप्त गर्न लाग्दा तुलसीलालले जोगाउनुभएको भण्डारीले बताउनुभयो ।

नेपालको प्रगतिशील किसान आन्दोलनमा तुलसीलालको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । पुष्पलालले मधेसमा किसानहरूका कयौँ जाली तमसुक च्यातेर किसान मुक्तिको लागि काम गर्नुभएको भण्डारी स्मरण गराउनुभयो ।


कार्यक्रममा लोकतन्त्रका योद्धा तथा पत्रकार गोपाल थपलियाको जीवनमा आधारित ज्योतिलाल बनद्वारा लिखित पुस्तक ‘कहिल्यै नझुक्ने योद्धा’ को भण्डारीले लोकार्पण गर्नुभयो । पत्रकारिताको माध्यमबाट निरंकुशताको अन्त्य र लोकतन्त्रको स्थापनामा गोपाल थपलियाको महत्पूर्ण योगदान रहेको बताउँदै भण्डारीले सो पुस्तकले थपलियाका योगदानलाई उजागर गर्ने बताउनुभयो ।

सो पुस्तकबाट नयाँ पुस्ताका पुस्तका सञ्चारकर्मीलाई आफ्नो कार्य क्षेत्रमा ऊर्जाका साथ निरन्तर लाग्न प्रेरणा दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसले इतिहासलाई स्मरण गर्न सहयोग पुग्ने भण्डारीको भनाइ छ ।




भर्खरै