५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ सार्वजनिक



अ+ अ-

काठमाडौं । आईएमई लोक स्टारका ‘सेकेण्ड रनरअप’ तथा उदयपुरे गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्वजनिक भएको छ । बुधबार उदयपुरको त्रियुगा नगरपालिका – ७ चुहाडे स्थित आदिम बाल संगित तथा नृत्य पाठशालाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै उनले भिडियो सार्वजनिक गरेका हुन् । 

उदयपुरका विभिन्न स्थानमा छायांकन गरिएको सो भिडियामा निशान लिम्बु र झरना राईको मुख्य अभिनय रहेको छ । बिनोद दनुवार र सपना कट्टेलले गाएको सो गितको शब्द सैन्ध्वज दनुवार र एरेन्ज/मिक्सिङ पुस्कर सुनुवारको रहेको छ । 

आदिम बाल संगित तथा नृत्य पाठशालाको ब्यानरमा निमार्ण भएको सो गित मेलोडी नेपाल अनामनगरमा रेकर्ड गरिएको हो । गितमा संगित गायक बिनोद दनुवारले नै दिएका छन् । गितको अफिसियल भिडियो गायक दनुवारको युटुब च्याननलबाट बुधबार सार्वजनिक गरिएको छ ।