२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ सार्वजनिक



अ+ अ-

काठमाडौं । आईएमई लोक स्टारका ‘सेकेण्ड रनरअप’ तथा उदयपुरे गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्वजनिक भएको छ । बुधबार उदयपुरको त्रियुगा नगरपालिका – ७ चुहाडे स्थित आदिम बाल संगित तथा नृत्य पाठशालाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै उनले भिडियो सार्वजनिक गरेका हुन् । 

उदयपुरका विभिन्न स्थानमा छायांकन गरिएको सो भिडियामा निशान लिम्बु र झरना राईको मुख्य अभिनय रहेको छ । बिनोद दनुवार र सपना कट्टेलले गाएको सो गितको शब्द सैन्ध्वज दनुवार र एरेन्ज/मिक्सिङ पुस्कर सुनुवारको रहेको छ । 

आदिम बाल संगित तथा नृत्य पाठशालाको ब्यानरमा निमार्ण भएको सो गित मेलोडी नेपाल अनामनगरमा रेकर्ड गरिएको हो । गितमा संगित गायक बिनोद दनुवारले नै दिएका छन् । गितको अफिसियल भिडियो गायक दनुवारको युटुब च्याननलबाट बुधबार सार्वजनिक गरिएको छ ।