३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता

संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
अ+ अ-

काठमाडौँ: मध्यराति (गएराति) प्रधानमन्त्री बालेन्द्र शाहले लेखेको फेसबुक स्टाटसको चर्चा चलिरहेको छ यतिबेला । सो स्टाटसमा उनले आफू एक्लै परेको वाक्यको अझ धेरै चर्चा छ । उनले ढुक्क हुन जनतालाई आग्रह त गरेकै छन्, अनि आफू एक्लै परेको अवस्था पनि सार्वजनिक गरेका छन् । तर एक्लो कसरी र कोकसबाट परेको हो भन्ने परिस्थिति भने खुलाएका छैनन् । उनले नउठाए पनि मानिसहरुले पार्टीबाट एक्लिदै गएको अवस्थाको अनुमान भने गरेकै छन् । किनभने पछिल्लो समय सरकार र पार्टीबीच सुनिँदो र जानिँदोगरी विवादहरु उत्पन्न भएको नागरिकले स्पष्टसँगै देखेका छन् ।

त्यसो त उनको यो स्टाटस हिजो र आजसम्म ढिलोचाँडो अपेक्षित नै थियो । किनभने हिजोमात्र सत्तारुढ दल रास्वपकै सांसदहरुले आफ्ना सरकार विरुद्ध सक्नेसम्मको उछितो काडेका थिए । यहाँसम्म कि सांसद मात्र नभएर रास्वपा पार्टीका एकजना जिम्मेवार नेता मनिष झाले त प्रधानमन्त्रीलाई कालो चस्मा उतारेर देशको वास्तविक तस्बिर हेर्न र मनन् गर्न चुनौती नै दिएका थिए । उनको भनाईको आसय थियो कि सरकार हिजोका बाचाबाट च्युत भएको र जनताले अब पत्याउन छोडेकाले जतिसक्दो चाँडै प्रधानमन्त्रीले कालो चस्मा उतारेर हेर्नुपर्नेछ ।

उनीमात्र नभएर झण्डै दर्जनको हाराहारीका सत्तापक्षका सांसदहरुले नै हिजो सरकारी रवैयाको विरोध गरेका थिए । प्रधानमन्त्री शाह आफ्नो आलोचना खासै रुचाउँदैनन् । त्यसैले प्रधानमन्त्रीबाट त्यसको ओठे जवाफ अपेक्षित नै थियो । र, अनुमान फेसबुकबाट आउँछ भन्ने नै थियो । किनभने उनको भडाँसा पोख्ने भाँडो अहिलेसम्म त्यही नै हो । हिजोको प्रतिक्रिया त्यही हो । यसैमार्फत् ढिलै भए पनि काम हुन्छ, आत्तिनु पर्दैन भन्ने ढाडस जनतालाई दिने प्रयत्न गरे । अनि हिजो आफू एक्लै रहेको अहिले पनि एक्लै नै परेको भन्ने अभिव्यक्ति पार्टीप्रतिको घुर्की हो ।

तर संसदको जावाफ चाहिँ प्रधानमन्त्रीले फेसबुकबाट दिएका छन् । उनी न नियमित संसद जान्छन् र नत आफैँले संसदमा पेश गर्नुपर्ने प्रस्तावका लागि नै त्यहाँ पुग्छन् । तर संसदमा उठेका प्रश्न भने ख्याल गर्छन्, त्यो पनि आफूँ विरुद्धको आलोचना । आलोचना उनलाई स्वस्थ पनि मन पर्दैन । त्यसैले संसदमा जुन सांसदले आफ्नो विरोध गर्छ त्यसको प्रतिवादनमा उत्रिन चाहन्छन् । अनि रास्वपाका सांसदले विरोध गरे भने पार्टी सभापतिलाई फोन गरेर जानकारी गराउँछन् । अनि सभामुखलाई संसद बैठक अन्त्य गरौँ भन्छन् ।

तर रास्वपा सभापति र सभामुखले भने संसद बैठक अहिले नै बन्द गर्न रुचाएका छैनन् । किनभने संसद बैठक अन्त्य गरेपछि प्रधानमन्त्रीले के कस्ता अध्यादेश ल्याउने हुन् भन्ने कुराको कुनै ठेगान नभएको सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्याल ढुक्क छैनन् । यसरी अहिले पनि धिरे धिरे चलिरहेको छ संसद र जारी छन् सरकार र पार्टीका जुहारी ।

यता प्रधानमन्त्रीले संसदको जवाफ फेसबुकबाट दिने गरेका छन् भने उता जनता सरकार बनेको चार महिनामै सेवाका लागि लाइन बस्न बाध्य भएका छन् । रास्वपाको चुनावी घोषणपत्रमा लेखिएको छ अब सेवा लिन लाइन होइन अनलाइन् । वर्तमान सरकार बनेपछि बालेन्द्र सरकारले त्यसको अभ्यासन नगरेको पनि होइन । यतिसम्म कि सवारी चालक अनुमति पत्र र राहादानी नै सरकारले हुलाकमार्फत् घरघर पठाउन पनि थाल्यो । केही सेवाग्राहीले त्यसको तस्बिर खिचेर फेसबुकमा हाले र सरकारले व्यापक मात्रामा प्रचार पनि गर्यो ।

तर, त्यो अवस्था नयाँ जोगीले धेरै खरानी धसेजस्तै भयो । चार महिनामै सरकारको अनलाइन सेवाको ढोँग उत्रिसकेको छ । हिजो अनलाइन भनिएको सेवा अब लाइनमै गएको छ । जनताले लाइन लागेरै सेवा लिन बाध्य भएका छन् । हिजो अनलाइन सेवा भनेर, घरघरमै पुर्याएर फोटो खिचेर प्रचार गराइएको राहादानी पाउन अहिले जाता दिनभर लाइन बस्नुपर्ने अवस्था छ । हिजो सवारी अनुमति पत्र छपाइ दिनमै लाखौँ भइरहेको भनेर सञ्चार मन्त्री विक्रम तिमिल्सनाले गरेको प्रचार पनि यति चाँडै खुइलिइसकेको छ । जनताले लाइसेन्सका लागि बसेको लाइनले हिजो उनको सस्तो प्रचारको खिल्ली उडाएको छ ।

यता ग्यास सिलिन्डको कथा त सबैमा छर्लङ्ग नै छ । जनताले एक सिलिन्डर ग्यासका लागि दिनभर लाइन बस्नुपर्ने अवस्था छ । पेट्रोलियम पदार्थको मूल्य उता बढ्दा बढेको छ, तर उता घट्दा घटेको छैन । बजार महंगीको त झन् कुरै भएन । महंगी नियन्त्रणको कुनै योजना नै सरकारले अघि सारेको देखिएको छैन । सरकारले कर्मचारीको तलब १० प्रतिशत बढाएको प्रचार गरायो तर बजार महंगी ३० प्रतिशतले बढेको देखेको छैन । कुनै आयोजनाका निर्माण व्यवसायीको फोन सम्पर्क हुन नसक्दा प्रहरी लगाएर ल्याउने सरकारले दिनदहाडै महंगी बढाउने कालाबजारियाहरुलाई भने छुन पनि सकेको छैन ।

अझ भित्रभित्रै लुकेको खतराको रहस्योद्घाटन हिजो मनिष झाले नै संसदमा गरेका छन् । उनले भनेका थिए— मधेशको साम्प्रदायिकताको आगो निभेको मात्र हो, दाउरा निभेका छैनन् । यता सरकार र उसका काम कारबाहीप्रतिका जनताका आक्रोसहरु यही रफ्तारमा बढ्दै जाँदा उता परिस्थितिको फाइदा लिन कुरेर बसिरहेका कोहीले ननिभेका दाउराका ठुटामा आगो झोसिदिए भने देशको हालत के होला ?

वरिष्ठ अधिवक्ता भीमार्जुज आचार्य सत्तारूढ दलका नेता र सांसद्हरूले सरकारका कामका बारेमा अब प्रश्नहरू गर्न थाल्नु सकारात्मक भएको बताउनु हुन्छ । आचार्यले भन्नुभयो –सत्तारूढ दलका नेता र सांसद्हरूले सरकारका कामका बारेमा अब प्रश्नहरू गर्न थाल्नु भएछ । खुशी लाग्यो । तर,प्रश्न सरकारप्रति मात्र होइन । तपाईप्रति झनै गम्भीर छ । आफैले जन्माएको सरकारलाई संसद्, संविधान, दल, जनता कसैप्रति पनि जवाफदेही नभएको देख्न थाल्नु भा हो र यसका कामकारबाहीमा साच्चै असन्तुष्ट हुनु भा हो भने यसलाई बदल्ने तागत् त तपाईसंगै छ, किन त्यसो गर्न सक्नु हुन्न ? सत्ता पक्ष र प्रत्तिपक्ष दुबै आफै हुने तमासा किन देखाउनु हुन्छ ? यस्तो कार्यले हाम्रा पद्दति र मूल्यलाई झनै कमजोर बनाउॅंछ ।

त्यसैले प्रधानमन्त्रीजी, अब कालो चस्मा मात्र खोलेर पुग्दैन, मुख नै खोल्नुहोस् । फेसबुकमा मात्र लखेर अब पुग्दैन, आफैँ बोल्नुहोस् । र, बिग्रन लागेको देशको परिस्थितिलाई राज्यकै काबुमा राख्ने प्रयत्न थाल्नुहोस् ।