२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राष्ट्रिय पुरुष र महिलाको रग्बी टोली घोषणा



अ+ अ-

काठमाडौं– एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफीका लागि महिला र पुरुषको नेपाली राष्ट्रिय रग्बी टोली घोषणा भएको छ ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बीको व्यवस्थापनमा आगामी असोज १७ गतेदेखि १९ गतेसम्म एसिया रग्बी सेभेन्स ट्रफी २०२४ नेपालमा हुँदैछ । सोही ट्रफीका लागि पुरुष र महिला दुवैमा १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक न्युजिल्यान्डका मुर्रे पल स्टर्टले दुवैतर्फ राष्ट्रिय टोली घोषणा गरेका हुन् । उनी अन्तर्राष्ट्रिय लेभल थ्री प्रशिक्षक तथा एजुकेटर हुन् । राष्ट्रिय टिम छनोटका लागि पहिलो चरणमा सात वटै प्रदेश र तीन विभागीय टोलीबाट प्रारम्भिक खेलाडी छनोट गरिएको थियो ।

पुरुषतर्फ ३८ जना र महिलामा २८ जना प्रारम्भिक टोलीमा छनोट गरिएको थियो । तीमध्येबाट दोस्रो चरणमा समान २० जना महिला तथा पुरुष खेलाडी गरिएको थियो । त्यहाँबाट अन्तिम छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए ।

पुरूष टिम

नेपाली राष्ट्रिय पुरुष टोलीमा बिबेश बासु, प्रमेश चौधरी, यदु अधिकारी, बिराट श्रेष्ठ, निरोज अधिकारी, विक्रम पुरी, गणेश बानिया, सबिन महत, नवीनबहादुर मगर, मशेष सुनार, विजय खड्का, रोहन डंगोल, विनोदबहादुर शाही, क्याल्भिन जोशी, सञ्जय अधिकारी र कपिल ठकुरी छन् ।

महिला टिम

त्यस्तै नेपाली राष्ट्रिय महिला टोलीमा मनीषा थापामगर, आशा कुँसार, साबित्री पुर्जा, श्रृजना राई, सिर्जना छन्त्याल, मनीषा घिसिङ, बिशाका मार्किन राई, सुस्मिता क्षेत्री, पुनम श्रेष्ठ, संगीता घिसिङ, अप्सरा कार्की, रोजिना पोखरेल, बिनिता शाही ठकुरी, अनु शेर्पा, कमला राई र सुजा राई छनोट भएका छन् ।

एसिया रग्बी सेभेन्स ट्रफी २०२४ नेपालले आयोजना गर्न लागेको अहिलेसम्कै ठूलो प्रतिस्पर्धा हो । उक्त ट्रफीका खेलहरू दशरथ रंगशालामा सञ्चालन हुनेछन् । रग्बी संघका महासचिव घिमिरेले करिब चार महिनादेखि यो आयोजनाको तयारी गरिएको बताए ।