३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली राष्ट्रिय पुरुष र महिलाको रग्बी टोली घोषणा



अ+ अ-

काठमाडौं– एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफीका लागि महिला र पुरुषको नेपाली राष्ट्रिय रग्बी टोली घोषणा भएको छ ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बीको व्यवस्थापनमा आगामी असोज १७ गतेदेखि १९ गतेसम्म एसिया रग्बी सेभेन्स ट्रफी २०२४ नेपालमा हुँदैछ । सोही ट्रफीका लागि पुरुष र महिला दुवैमा १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक न्युजिल्यान्डका मुर्रे पल स्टर्टले दुवैतर्फ राष्ट्रिय टोली घोषणा गरेका हुन् । उनी अन्तर्राष्ट्रिय लेभल थ्री प्रशिक्षक तथा एजुकेटर हुन् । राष्ट्रिय टिम छनोटका लागि पहिलो चरणमा सात वटै प्रदेश र तीन विभागीय टोलीबाट प्रारम्भिक खेलाडी छनोट गरिएको थियो ।

पुरुषतर्फ ३८ जना र महिलामा २८ जना प्रारम्भिक टोलीमा छनोट गरिएको थियो । तीमध्येबाट दोस्रो चरणमा समान २० जना महिला तथा पुरुष खेलाडी गरिएको थियो । त्यहाँबाट अन्तिम छनोट गरिएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए ।

पुरूष टिम

नेपाली राष्ट्रिय पुरुष टोलीमा बिबेश बासु, प्रमेश चौधरी, यदु अधिकारी, बिराट श्रेष्ठ, निरोज अधिकारी, विक्रम पुरी, गणेश बानिया, सबिन महत, नवीनबहादुर मगर, मशेष सुनार, विजय खड्का, रोहन डंगोल, विनोदबहादुर शाही, क्याल्भिन जोशी, सञ्जय अधिकारी र कपिल ठकुरी छन् ।

महिला टिम

त्यस्तै नेपाली राष्ट्रिय महिला टोलीमा मनीषा थापामगर, आशा कुँसार, साबित्री पुर्जा, श्रृजना राई, सिर्जना छन्त्याल, मनीषा घिसिङ, बिशाका मार्किन राई, सुस्मिता क्षेत्री, पुनम श्रेष्ठ, संगीता घिसिङ, अप्सरा कार्की, रोजिना पोखरेल, बिनिता शाही ठकुरी, अनु शेर्पा, कमला राई र सुजा राई छनोट भएका छन् ।

एसिया रग्बी सेभेन्स ट्रफी २०२४ नेपालले आयोजना गर्न लागेको अहिलेसम्कै ठूलो प्रतिस्पर्धा हो । उक्त ट्रफीका खेलहरू दशरथ रंगशालामा सञ्चालन हुनेछन् । रग्बी संघका महासचिव घिमिरेले करिब चार महिनादेखि यो आयोजनाको तयारी गरिएको बताए ।