२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलले एथलेटिक बिलबाओलाई हराउँदै अंकतालिकामा सोसिडाडसँग बराबरी



अ+ अ-

म्याड्रिड । रियल म्याड्रिडले दस खेलाडीमा सीमित एथलेटिक बिलबाओलाई मंगलबार राति ३–१ ले हराएको छ । यससँगै उसले स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ । रियलको जितमा करिम बेन्जेमाले दुई गोल गरे ।

बिलबाओले १३औं मिनेटमा दोहोरो पहेँलो कार्डमा राउल गार्सियालाई गुमाएको थियो तर रियलले पहिलो हाफको अन्त्यतिर मात्र टोनी क्रुसको गोलले अग्रता लिन सक्यो । खेलको ५२औं मिनेटमा आन्डेर कापाले बराबरी गोल फर्काए ।

त्यसयता बेन्जेमाले ७४औं मिनेट र इन्जुरी समयको चौथो मिनेटमा गोल गरे । लिगमा लगातार तेस्रो जितपछि रियल २६ अंकसहित तेस्रो स्थानमा रह्यो । शीर्ष दुई स्थानका सोसिडाड र एटलेटिको म्याड्रिडको पनि समान २६ अंक नै छ ।