१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलले एथलेटिक बिलबाओलाई हराउँदै अंकतालिकामा सोसिडाडसँग बराबरी



अ+ अ-

म्याड्रिड । रियल म्याड्रिडले दस खेलाडीमा सीमित एथलेटिक बिलबाओलाई मंगलबार राति ३–१ ले हराएको छ । यससँगै उसले स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ । रियलको जितमा करिम बेन्जेमाले दुई गोल गरे ।

बिलबाओले १३औं मिनेटमा दोहोरो पहेँलो कार्डमा राउल गार्सियालाई गुमाएको थियो तर रियलले पहिलो हाफको अन्त्यतिर मात्र टोनी क्रुसको गोलले अग्रता लिन सक्यो । खेलको ५२औं मिनेटमा आन्डेर कापाले बराबरी गोल फर्काए ।

त्यसयता बेन्जेमाले ७४औं मिनेट र इन्जुरी समयको चौथो मिनेटमा गोल गरे । लिगमा लगातार तेस्रो जितपछि रियल २६ अंकसहित तेस्रो स्थानमा रह्यो । शीर्ष दुई स्थानका सोसिडाड र एटलेटिको म्याड्रिडको पनि समान २६ अंक नै छ ।