४ भाद्र २०८३, बिहीबार
,
Latest
गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन “नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला एसिया कपको फाइनल आज, एक खेल पनि नहारेका भारत र श्रीलंका भिड्दै



अ+ अ-

काठमाडौँ । महिला एसिया कप २०२४ को फाइनल खेल आज भारत र श्रीलंकाबीच हुँदैछ । खेल रंगिरि डम्बुला स्टेडियम श्रीलंकामा नेपाली समयानुसार सवा ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा अहिलेसम्म दुवै टोलीको प्रदर्शन उत्कृष्ट रहेको छ । यस एसिया कपमा दुवै टोलीले अहिलेसम्म एउटा खेल पनि हारेका छैनन् ।

भारतीय टोली ९ औं पटक एसिया कपको फाइनल खेल्दै छ भने श्रीलंका छैटौं पटक फाइनलमा पुगेको छ । दुवै टोली लगातार दोस्रो पटक र कुल छैटौं पटक उपाधिका लागि भिड्दैछन् ।

एसिया कपको प्रत्येक फाइनलमा भारतले श्रीलंकालाई हराएको थियो ।

भारतीय महिला टोलीले पहिलो खेलमा पाकिस्तानलाई, दोस्रोमा युएईलाई, तेस्रोमा नेपाललाई र सेमिफाइनलमा बंगलादेशलाई पराजित गरेको थियो ।

त्यस्तै पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई, दोस्रोमा मलेसियालाई, तेस्रोमा थाइल्याण्डलाई र सेमिफाइनलमा पाकिस्तानलाई पराजित गरेको थियो ।

महिला एसिया कप सन् २००४ मा सुरु भएको थियो । उक्त उपाधि भारतले जित्यो । महिला एसिया कप ९ औं पटक आयोजना हुँदैछ । अहिलेसम्म भएका ८ संस्करणमा भारतले ७ पटक यस प्रतियोगिताको उपाधि जितेको छ भने बंगलादेशले एक पटक एसिया कपको उपाधि जितेको छ ।




भर्खरै