३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसलाई विभाजन गर्न खोज्नेहरु विरुद्ध प्रतिशोध लिने पुटिनको वाचा



अ+ अ-

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो देशको शक्तिशाली कानून प्रवर्तन एजेन्सीहरूको प्रभावकारिता र अटुट वफादारीको प्रशंसा गर्दै रुसी समाजलाई विभाजन गर्न खोज्ने विरुद्ध बदला लिने वाचा गर्नुभएको छ ।

पुटिनले युक्रेनमा चलिरहेको आफ्नो सैन्य आक्रमणका बीच नागरिक समाज, स्वतन्त्र मिडिया र विपक्षीहरूमाथि दशकौं लामो दमनलाई बढाएको छ र क्रेमलिनप्रतिको असहमति र आलोचकलाई वर्षौं लामो जेल सजाय दिइएको छ ।

“हाम्रो समाजलाई विभाजन गर्न मानिसहरुलाई त्रसित बनाउने, धार्मिक वा राष्ट्रिय भावनाहरूसँग खेल्ने प्रयास गर्नेहरू कहिल्यै सफल हुने छैनन्”, क्रेमलिनले पोस्ट गरेको भिडियो सन्देशमा पुटिनले भन्नुभयो । “अपरिहार्य र न्यायपूर्ण प्रतिशोध उनीहरूको प्रतीक्षामा छ ।”

रुसले नियमित रूपमा क्रेमलिनको विरोध गर्नेहरूलाई वर्णन गर्न यस्तो भाषा प्रयोग गर्दै आएको छ ।

पुटिनले रुसको “अनुसन्धान अधिकारी दिवस” को अवसरमा आयोजित समारोहमा यस्तो अभिव्यक्ती दिनुभएको हो । उहाँले समारोहलाई सम्बोधन गर्दै अनुसन्धान समिति र एफएसबी सुरक्षा सेवाहरूसहित विभिन्न रूसी कानून प्रवर्तन एजेन्सीहरूलाई सम्मान व्यक्त गर्नुभयो ।

“अनुसन्धानकर्ताहरूले पितृभुमि र हाम्रा जनताप्रति बिना शर्त वफादारी देखाउँदै आएका छन्”, पुटिनले भन्नुभयो ।