१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन डिष्टिलरीको २०औं वार्षिक साधारण सभा पुस २९ गते, शत प्रतिशत लाभांश दिने



अ+ अ-

काठमाडौं । हिमालयन डिष्टिलरीले शत प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीलाई ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश (कर सहित) गरी शत प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बिहिबार कम्पनीको बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्ष मुनाफाबाट शत प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते (एक दिन) बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउने जनाउको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ५७ करोड ८४ लाख ६८ हजार छ । बोनस वितरण पछि कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७७ लाख पुग्नेछ । उक्त लाभांश पारित गर्न कम्पनीले २०औं वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ । कम्पनीले रजिष्टर्ड कार्यालय पर्सा, विरगञ्जमा साधारण सभा आयोजना गरेको हो ।