११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन डिष्टिलरीको २०औं वार्षिक साधारण सभा पुस २९ गते, शत प्रतिशत लाभांश दिने



अ+ अ-

काठमाडौं । हिमालयन डिष्टिलरीले शत प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीलाई ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश (कर सहित) गरी शत प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बिहिबार कम्पनीको बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्ष मुनाफाबाट शत प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते (एक दिन) बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउने जनाउको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ५७ करोड ८४ लाख ६८ हजार छ । बोनस वितरण पछि कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७७ लाख पुग्नेछ । उक्त लाभांश पारित गर्न कम्पनीले २०औं वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ । कम्पनीले रजिष्टर्ड कार्यालय पर्सा, विरगञ्जमा साधारण सभा आयोजना गरेको हो ।