३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग



अ+ अ-

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा आएको बाढीका कारण सम्पर्कविहीन भएका मालवाहक सवारीसाधन तथा त्यसमा सवार चालक, सहचालक र यातायात मजदुरको विवरण उपलब्ध गराउन सदस्य संस्थाहरूलाई आग्रह गरेको छ।

महासंघका अनुसार गत भदौ १० गते बिहान करिब ९ बजे चीनको तिब्बती भू–भागबाट आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण टिमुरे भन्सार यार्डमा रहेका, सामान लोड गर्न गएका तथा सामान लोड गरी गन्तव्यतर्फ फर्किरहेका मालवाहक सवारीसाधनसमेत प्रभावित भएका छन्।

त्यसैगरी, भन्सार नाकामा सामान लोड गर्न प्रतीक्षामा रहेका सवारीसाधनहरू वेत्रावतीलगायत विभिन्न क्षेत्रमा पार्किङ गरी राखिएको अवस्थामा बाढीबाट ठूलो क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको महासंघले जनाएको छ।

सम्पर्कमा नरहेका सवारीसाधन तथा त्यसमा सवार व्यक्तिहरूको खोज तथा उद्धारमा सहयोग पुर्‍याउन महासंघले आफ्ना सदस्य संस्था तथा सम्बन्धित संघ–समितिहरूलाई व्यवसायी, चालक, सहचालक, मजदुर र सवारीसाधनको विवरण तत्काल संकलन गरी उपलब्ध गराउन अनुरोध गरेको हो।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाको निर्देशनअनुसार विवरण यथाशीघ्र महासंघको केन्द्रीय कार्यालयमा पठाउन सदस्य संस्थाहरूलाई आग्रह गरिएको छ।

महासंघले संकलित विवरण नेपाल सरकारको विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायलाई उपलब्ध गराई खोज तथा उद्धार कार्यमा सहजीकरण गर्ने जनाएको छ।