१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईतिहाइ पाएपछि अब काठमाडौंदेखि दाउन्नेसम्म गाडीमा जान प्रधानमन्त्रीलाई भीमार्जुनको सुझाव



अ+ अ-

काठमाडौँ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट दुईतिहाइ मत पाएपछि वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले देशका सडकको अवस्थाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनले प्रधानमन्त्रीलाई एक पटक काठमाडौंदेखि दाउन्नेसम्म यात्रा गरेर काम अघि बढाउन सुझाव दिएका छन् ।

‘प्रधानमन्त्रीलाई संसद्मा दुईतिहाइ बढीको विश्वासको मत प्राप्त भएको छ । यसको भरपुर सदुपयोग गर्ने बचन प्रधानमन्त्रीले दिनुभएको छ ’, उनले भनेका छन्, ‘पहिलो काम एकपटक तत्कालै काठमाडौंबाट दाउन्नेसम्मको यात्रा गाडीमा गर्नुपर्‍यो ।’

यस्तै, उनले दशैँ आउनुपहिले पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरका राजमार्गहरू यात्रा गर्न लायक हुनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका छन् ।

‘दशैं आउनु पहिले पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरका राजमार्गहरू यात्रा गर्न लायक हुनुपर्छ । अरू “ठूला”काम त्यसपछि गरे हुन्छ प्र.म. ज्यू । ’ उनले भनेका छन् ।

काठमाडौंदेखि पृथ्वी राजमार्ग हुँदै मुग्लिन–नारायणगढ सडक छिचोल्दा ज्यान जोगाउनै मुश्किल भएको छ भने उता नारायणगढदेखि नवलरासी हुँदै दाउन्नेसम्मको सडकको हालत ‘विजोग’ रहेको छ ।