६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनी पूर्व सांसदको गोली हानी हत्या



अ+ अ-

एजेन्सी । युक्रेनी भाषाको बचाउ गर्दै बारम्बार मुखर अभिव्यक्ति दिने एक पूर्व युक्रेनी राष्ट्रवादी सांसदको गृहनगर एलभिभमा एक बन्दुकधारीले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ ।

युक्रेनको अतिराष्ट्रवादी स्वोबोडा पार्टीकी सदस्य रहेकी ६० वर्षीया इरिना फारियनले केही समय संसदको सदस्यको रूपमा काम गर्नुभएको थियो ।

रूसी भाषा बोलेर अधिकारी र सैनिकलाई चिढ्याएको कारण उहाँ विवादमा तानिनुभएको थियो ।

“गोली लागि सख्त घाइते हुनुभएकी फारियनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ,” एल्भिभका नगर प्रमुख एन्ड्री साडोभीले शुक्रबार अबेर टेलिग्राममा गरेको पोस्टमा उहाँको चोट र मृत्युबारे तादाम्यता नदेखिएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “युक्रेनमा अब कुनै सुरक्षित ठाउँ छैन। यस्तो निर्लज्ज, दुस्साहसी हत्या हुनुलाई नागरिकको सुरक्षाप्रतिका चासोका रूपमा हेरिएको छ । हत्यारालाई पत्ता लगाई तत्काल कडा कारबाही गरिनुपर्छ ।”

युक्रेनको महान्यायाधिवक्ताको कार्यालयका अनुसार स्थानीय समयअनुसार शुक्रबार साँझ करिब ७ः३० बजे एक अज्ञात बन्दुकधारीले फारियनलाई गोली हानेको अनुमान गरिएको छ ।

टाउकोमा गोली लागेको अवस्थामा गम्भीर अवस्थामा उहाँलाई अस्पताल लगिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार फारियनको हत्या भएको खबर प्राप्त भएको र उपलब्ध सबै निगरानी क्यामेराको जाँच भइरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “सबै अनुसन्धानात्मक कार्यहरू जारी छन् । अनुसन्धानका लागि रूसतर्फ जाने नाकामा पनि सुरक्षा जाँचलाई कडा पारिएको छ ।

फरियन एक प्रशिक्षित भाषाविद् र युक्रेनी भाषाको सबैभन्दा मुखर रक्षकमध्ये एक हुनुहुन्थ्यो । उहाँले रूसी युक्रेनियनहरू बोल्ने सैनिकहरूलाई ‘कोलाउन’ नसक्ने बताएपछि एल्भिभ विश्वविद्यालयमा प्रोफेसरको रूपमा आफ्नो जागिर गुमाउनुभएको थियो भने अदालतको फैसलापछि उहाँलाई पुनर्बहाली गरिएको थियो ।