५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.71

Wind: 1.54

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले सुरु गर्‍यो न्यूरोडमा फुटपाथ विस्तारको काम



अ+ अ-

काठमाडौं । अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाएको छ ।

उच्च अदालत पाटनले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुन: काम सुरु गरेको हो ।

तीन दिन अघि उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले महानगरलाई लेखेको पत्र कार्यान्वयन नगर्न भनि अन्तरिम आदेश दिएको थियो।

उक्त आदेशसँगै फुटपाथ विस्तारको काम सुरु गरेको महानगरले जनाएको छ । अहिले डोजर लगाएर सडकको दायाबायाँ भत्काउन सुरु गरिएको छ । तर सडक डिभिजनले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै फुटपाथ विस्तारमा रोक लगाएको थियो ।

महानगरले फुटपाथ बिस्तारको लागि काटेको रोड सडक डिभिजनले पुन पीच गरेको थियो ।