६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक पाण्ड्या टी–२० को कप्तान बन्ने, एकदिवसीयबाट लिए ब्रेक



अ+ अ-

एजेन्सी । श्रीलंका विरुद्धको तीन खेलको टी–२० सिरिजमा भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्याले कप्तानी गर्ने भएका छन् । भारतीय क्रिकेट टोली यसै महिना श्रीलंका भ्रमणमा जानेछ ।

भारतीय टोलीले श्रीलंकामा तीन खेलको टी–२० सिरिज र सोही संख्याको एकदिवसीय सिरिज खेल्नेछ । टी–२० सिरिजको पहिलो खेल २७ जुलाईमा हुनेछ । तर, हार्दिक पाण्ड्या एकदिवसीय शृंखलामा सहभागी हुने छैनन् ।

समाचार एजेन्सी पीटीआईले बीसीसीआईको स्रोतलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा भनेको छ, ‘हार्दिक पाण्ड्या भारतीय टी(२० टोलीका उपकप्तान थिए। उनी पूर्ण रूपमा फिट छन् र तीन खेलको टी–२० सिरिजका लागि पनि उपलब्ध छन् । त्यसैले उनी कप्तान हुनेछन्श्री ।’ श्रीलंकाविरुद्धको टी–२० सिरिजमा शुभमन गिल वा सूर्यकुमार यादव उपकप्तान हुन सक्ने रिपोर्टमा उल्लेख छ ।

भारत र श्रीलंकाबीच जुलाई २७ बाट तीन खेलको टी–२० सिरिज खेलिनेछ । रोहित शर्माले टी–२० विश्वकप जितेर टी–२० क्रिकेटबाट अलग भएका छन् । यस्तो अवस्थामा भारतीय क्रिकेट बोर्डले यो फर्म्याटका लागि नयाँ कप्तानको खोजी गरिरहेको छ । यद्यपि, हार्दिक पाण्ड्या टी–२० मा भारतीय टोलीको स्थायी कप्तान रहने वा नहुने भन्ने टुंगो लागेको छैन ।

एकदिवसीय शृङ्खलाका बारेमा हार्दिकले व्यक्तिगत कारणले ब्रेक मागेको र यसबारे नियमित कप्तान रोहित शर्मालाई जानकारी गराएका छन् । मुख्य प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा, विराट कोहली र जसप्रित बुमराहलाई श्रीलंका विरुद्धको एकदिवसीय श्रृंखलामा भाग लिउन् भन्ने चाहन्छन् ।

बीसीसीआई सचिव जय शाहले अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने सबै स्टार क्रिकेटरले घरेलु क्रिकेट खेल्नुपर्ने स्पष्ट पारेका छन् । तर, रोहित शर्मा, विराट कोहली र जसप्रित बुमराहलाई भने छुट दिइएको छ ।