• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस गर्ने ★   कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भनेपछि मेटमणीलाई ३ दिने स्पष्टीकरण ★   पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ ★   क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल ★   रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ ★   प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना ★   ‘पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजन बढाइने’ ★   राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छः प्रधानमन्त्री ★   ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित ★   सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु: प्रश्तावित राजदुत भट्टराई

हार्दिक पाण्ड्या टी–२० को कप्तान बन्ने, एकदिवसीयबाट लिए ब्रेक



एजेन्सी । श्रीलंका विरुद्धको तीन खेलको टी–२० सिरिजमा भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्याले कप्तानी गर्ने भएका छन् । भारतीय क्रिकेट टोली यसै महिना श्रीलंका भ्रमणमा जानेछ ।

भारतीय टोलीले श्रीलंकामा तीन खेलको टी–२० सिरिज र सोही संख्याको एकदिवसीय सिरिज खेल्नेछ । टी–२० सिरिजको पहिलो खेल २७ जुलाईमा हुनेछ । तर, हार्दिक पाण्ड्या एकदिवसीय शृंखलामा सहभागी हुने छैनन् ।

समाचार एजेन्सी पीटीआईले बीसीसीआईको स्रोतलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा भनेको छ, ‘हार्दिक पाण्ड्या भारतीय टी(२० टोलीका उपकप्तान थिए। उनी पूर्ण रूपमा फिट छन् र तीन खेलको टी–२० सिरिजका लागि पनि उपलब्ध छन् । त्यसैले उनी कप्तान हुनेछन्श्री ।’ श्रीलंकाविरुद्धको टी–२० सिरिजमा शुभमन गिल वा सूर्यकुमार यादव उपकप्तान हुन सक्ने रिपोर्टमा उल्लेख छ ।

भारत र श्रीलंकाबीच जुलाई २७ बाट तीन खेलको टी–२० सिरिज खेलिनेछ । रोहित शर्माले टी–२० विश्वकप जितेर टी–२० क्रिकेटबाट अलग भएका छन् । यस्तो अवस्थामा भारतीय क्रिकेट बोर्डले यो फर्म्याटका लागि नयाँ कप्तानको खोजी गरिरहेको छ । यद्यपि, हार्दिक पाण्ड्या टी–२० मा भारतीय टोलीको स्थायी कप्तान रहने वा नहुने भन्ने टुंगो लागेको छैन ।

एकदिवसीय शृङ्खलाका बारेमा हार्दिकले व्यक्तिगत कारणले ब्रेक मागेको र यसबारे नियमित कप्तान रोहित शर्मालाई जानकारी गराएका छन् । मुख्य प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा, विराट कोहली र जसप्रित बुमराहलाई श्रीलंका विरुद्धको एकदिवसीय श्रृंखलामा भाग लिउन् भन्ने चाहन्छन् ।

बीसीसीआई सचिव जय शाहले अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने सबै स्टार क्रिकेटरले घरेलु क्रिकेट खेल्नुपर्ने स्पष्ट पारेका छन् । तर, रोहित शर्मा, विराट कोहली र जसप्रित बुमराहलाई भने छुट दिइएको छ ।