७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनन्त अम्बानीको विवाहको पोशाकको मूल्य २१४ करोड



अ+ अ-

एजेन्सी । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले लामो समयदेखिकी प्रेमिका राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह गरेका थिए ।

अन्तर्राष्ट्रिय भिभिआईपी पाहुनासहित करोडौं रुपैयाँ खर्चिएको यो विवाह अहिले चर्चामा छ ।

विवाहमा राधिका मर्चेन्टले सुनको कढाई गरिएको लेहेंगा लगाएकी थिइन् भने अनन्त अम्बानीको विवाहको पोशाकको मूल्य २१४ करोड रुपैयाँ रहेको बताइएको छ ।

आइतबार र सोमबार मुम्बईमा भव्य रिसेप्सनको आयोजना गरिएको छ । चार महिना लामो वैवाहिक समारोहमा ३५० मिलियन अमेरिकी डलरको खर्च हुने अनुमान गरिएको छ ।

समारोहमा हलिउड र बलिउड स्टारको बाक्लो उपस्थिती रहेको छ । विवाहका लागि बलिउडका शाहरुख खान, सलमान खान, रणवीर सिंह, दीपिका पादुकोण, आमिर खान, जान्हवी कपूर, आलिया भट्ट, अनन्या पाण्डे, रणवीर कपूर, विक्की कौशल, कट्रिना कैफ, अमिताभ बच्चन लगायतका कलाकारहरू उपस्थित थिए । सेलिब्रेटीमात्र नभएर विदेशी धनाढ्य र व्यवसायी, राजनीतिज्ञ समेत वैवाहिक समारोहमा सहभागि रहे ।