२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानुजयन्तीका अवसरमा साहित्यकारद्वय राई र ठकुरी सम्मानित



अ+ अ-

काठमाडौँ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दुई सय ११औँ भानुजयन्तीका अवसरमा दुईजना साहित्यकारलाई सम्मान गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा प्रा डा नोवलकिशोर राई र माया ठकुरीलाई सम्मान गरिएको हो । नेपाली साहित्यमा विशिष्ट योगदान गरेबापत उहाँहरुलाई सम्मान गरिएको हो । उहाँहरुलाई बग्गीमा राखेर नगर परिक्रमा गराइको थियो ।

त्यसअघि प्रज्ञा–प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्त आर्चायको प्रतिमामा माल्र्यापण गरिएको थियो ।

भानुजयन्ती कै अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, नेपाल स्काउट र विभिन्न विद्यालयका विद्यार्थी, साहित्यकार, बुद्धिजीवीको सहभागितामा प्रज्ञा भवनबाट शोभायात्रा आयोजना गरिएको थियो ।

उक्त शोभायात्रा बागबजार–रत्नपार्क–शान्तिवाटिका–दरबार हाईस्कुलस्थित भानुभक्तकोप्रतिस्थल हुँदै पुनःप्रज्ञा भवन पुगेर सभामा परिणत भएको थियो ।रासस