• २४ भाद्र २०८१, सोमबार
  •      Mon Sep 9 2024
  •   Unicode
Logo
Latest
★   माधव नेपालको प्रष्टोक्ति: कसैलाई जिताउन वा हराउन चिट बाँडेको छैन ★   एनएसजेएफ पल्सर अवार्ड २०८० का चार विधा मनोनयन सार्वजनिक ★   यू–२० एसियन कप छनोटका लागि नेपाली टोली घोषणा ★   जनताको समस्या नेताहरुको पनि समस्या हो: अध्यक्ष नेपाल ★   नदी किनाराबारे सर्वोच्चको फैसला बिरुद्ध तत्कालै पुनरावलोकनमा जानुपर्छ: सांसद पाण्डे ★   रास्वपा सांसद पराजुलीको प्रश्न: धनराज गुरुङलाई सहकारी ठगीमा छानविन गर्ने कि नगर्ने ? ★   वरियताक्रम मिचेर मुख्यसचिव नियुक्त गर्दा सचिवहरु आतंकित भए: सांसद तामाङ ★   मेयर बालेन्द्र साहलाई एमाले सांसद पन्तको आग्रह: जनतालाई मर्कापर्ने काम नगर्नुस् ★   शुन्य समयमा बोल्दै सांसदहरुले सरकारलाई गराए ध्यानाकर्षण ★   पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा

प्रचण्ड प्रधानमन्त्री बन्नुमा कांग्रेस–एमालेकै हात छः योगेश भट्टराई



photo:rss

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुमा एमाले–कांग्रेस दलको भूमिका रहेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै पार्टी सचिवसमेत रहेका एमाले सांसद भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

“संसद्‌मा, संविधानमा माओवादीको योगदान छ । छैन भन्दिनँ तर, जति योगदान छ, त्यति पाइसक्यो माओवादीले । हामीले प्रचण्ड कमरेडको व्यक्तित्व हेरेर बढी पनि दिएको हो । उहाँ प्रधानमन्त्री बन्नुमा कांग्रेस एमालेकै हात छ ।”

यस्तै, उनले माओवादी केन्द्रले लगानीभन्दा बढी नाफा खोजेको प्रतिक्रिया समेत दिए ।

“मलाई लागेको छ । कतै माओवादीले लगानीभन्दा बढी नाफा खोजेको हो कि ?,” भट्टराईले भने, “लगानीभन्दा नाफा कहिल्यै पाइँदैन ।”