१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ हजारको चेक लिएर बलिउड संसारमा आएका थिए अक्षय



अ+ अ-

एजेन्सी । बलिउडका स्टार अभिनेता अक्षय कुमार आज आफ्नो ५७ औं जन्मदिन मनाउँदै छन् । अक्षयले सन् १९९१ मा फिल्म ‘सौगन्ध’ बाट बलिउडमा डेब्यू गरेका थिए ।

आफ्नो सुरुको एक अन्तर्वार्तामा अक्षयले भनेका थिए, ‘म इन्डस्ट्रीमा पैसा कमाउन मात्र आएको हुँ । मलाई कसरी अभिनय गर्ने थाहा थिएन । म बैंककमा एक महिना बक्सिङ सिकाउने गर्थे र ५००० रुपैयाँ पारिश्रमिक थियो । एक दिन एकजना विद्यार्थीका बुवाले मलाई मोडलिङ गर्ने प्रयास गर्न भने । जब मैले दुई घण्टा मात्र काम गरेँ र २१ हजार रुपैयाँ पाएँ । त्यसपछि मैले मोडल बन्ने निर्णय गरें । र्‍याम्प वाक पनि गरें र यो गर्दा कसैले फिल्म अफर गरे । मलाई साँझ साढे ६ बजे एक जना निर्देशकले रु ५००० को चेक दिए । म यसरी बलिउडमा प्रवेश गरेको सम्झन्छु ।’

एक समय थियो जब अक्षयका १६ वटा चलचित्र चलेनन् । एक समय लगातार ८ वटा फिल्महरु फ्लप भए । तर पनि अक्षयले हिम्मत हारेनन् । अक्षयले ३१ वर्षको करिअरमा १५१ भन्दा बढी फिल्महरुमा काम गरेका छन् ।

अक्षयका लागि सन् २०१९ वर्ष निकै राम्रो रह्यो । उनले उक्त वर्ष ३ हिट फिल्महरु दिए भने उक्त फिल्महरुले २०० करोडभन्दा बढी कमाई गर्यो । अक्षयलाई २००९ मा पद्मश्रीबाट सम्मान गरिएको थियो ।