२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ हजारको चेक लिएर बलिउड संसारमा आएका थिए अक्षय



अ+ अ-

एजेन्सी । बलिउडका स्टार अभिनेता अक्षय कुमार आज आफ्नो ५७ औं जन्मदिन मनाउँदै छन् । अक्षयले सन् १९९१ मा फिल्म ‘सौगन्ध’ बाट बलिउडमा डेब्यू गरेका थिए ।

आफ्नो सुरुको एक अन्तर्वार्तामा अक्षयले भनेका थिए, ‘म इन्डस्ट्रीमा पैसा कमाउन मात्र आएको हुँ । मलाई कसरी अभिनय गर्ने थाहा थिएन । म बैंककमा एक महिना बक्सिङ सिकाउने गर्थे र ५००० रुपैयाँ पारिश्रमिक थियो । एक दिन एकजना विद्यार्थीका बुवाले मलाई मोडलिङ गर्ने प्रयास गर्न भने । जब मैले दुई घण्टा मात्र काम गरेँ र २१ हजार रुपैयाँ पाएँ । त्यसपछि मैले मोडल बन्ने निर्णय गरें । र्‍याम्प वाक पनि गरें र यो गर्दा कसैले फिल्म अफर गरे । मलाई साँझ साढे ६ बजे एक जना निर्देशकले रु ५००० को चेक दिए । म यसरी बलिउडमा प्रवेश गरेको सम्झन्छु ।’

एक समय थियो जब अक्षयका १६ वटा चलचित्र चलेनन् । एक समय लगातार ८ वटा फिल्महरु फ्लप भए । तर पनि अक्षयले हिम्मत हारेनन् । अक्षयले ३१ वर्षको करिअरमा १५१ भन्दा बढी फिल्महरुमा काम गरेका छन् ।

अक्षयका लागि सन् २०१९ वर्ष निकै राम्रो रह्यो । उनले उक्त वर्ष ३ हिट फिल्महरु दिए भने उक्त फिल्महरुले २०० करोडभन्दा बढी कमाई गर्यो । अक्षयलाई २००९ मा पद्मश्रीबाट सम्मान गरिएको थियो ।