४ असार २०८३, बिहीबार
,
Latest
अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड प्रधानमन्त्री बन्नुमा कांग्रेस–एमालेकै हात छः योगेश भट्टराई



photo:rss
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुमा एमाले–कांग्रेस दलको भूमिका रहेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै पार्टी सचिवसमेत रहेका एमाले सांसद भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

“संसद्‌मा, संविधानमा माओवादीको योगदान छ । छैन भन्दिनँ तर, जति योगदान छ, त्यति पाइसक्यो माओवादीले । हामीले प्रचण्ड कमरेडको व्यक्तित्व हेरेर बढी पनि दिएको हो । उहाँ प्रधानमन्त्री बन्नुमा कांग्रेस एमालेकै हात छ ।”

यस्तै, उनले माओवादी केन्द्रले लगानीभन्दा बढी नाफा खोजेको प्रतिक्रिया समेत दिए ।

“मलाई लागेको छ । कतै माओवादीले लगानीभन्दा बढी नाफा खोजेको हो कि ?,” भट्टराईले भने, “लगानीभन्दा नाफा कहिल्यै पाइँदैन ।”