१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग



अ+ अ-

कास्की। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले भोटेकोशी नदी क्षेत्रमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु १० लाख ११ हजार १११ सहयोग गरेको छ ।

पोखरामा प्रधान कार्यालय रहेर देशभर सार्वजनिक यातायात सञ्चालन गर्दै आएको कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख ११ हजार १११ जम्मा गरेको अध्यक्ष एनकुमार साइले बताउनुभयो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार तथा राहत कार्यमा सहयोग तथा कम्पनीका तर्फबाट रु पाँच लाख ५५ हजार ५५५, सञ्चालक समिति पदाधिकारी तथा आबद्ध कर्मचारीका तर्फबाट रु दुई लाख ७४ हजार र पृथ्वी यातायात सहकारी संस्थाका तर्फबाट रु एक लाख ८१ हजार ५५६ सहयोग गरिएको कम्पनीले जनाएको छ ।

प्राकृतिक विपत्तिका कारण यातायात व्यवसायी, चालक, सहचालक, यातायात मजदुर, यात्रु, हाइड्रोपावर क्षेत्रमा कार्यरत मजदुर, गोसाइँकुण्ड तीर्थयात्रामा रहेका नेपाली तथा विदेशी पर्यटकसमेत प्रभावित भएकामा  कम्पनीले दुःख व्यक्त गरेको छ ।

बाढीपीडितको उद्धार, खोजतलास, राहत सङ्कलन तथा वितरण र घाइतेहरूको उपचारकार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको अध्यक्ष साइले बताउनुभयो ।

त्यसैगरी कम्पनीले संस्थामा आबद्ध ग२ख ११५२ नम्बरको यात्रुवाहक बस सोही बाढीपछि परेर टिमुरे क्षेत्रबाट ३२ जना यात्रुसहित बेपत्ता भएको हुँदा चालक, यात्रु तथा बसको खोजतलासका लागि सहयोगको अपिलसमेत गरेकोे छ । रासस