१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

जनताको समस्या नेताहरुको पनि समस्या हो: अध्यक्ष नेपाल

जनताको समस्या नेताहरुको पनि समस्या हो: अध्यक्ष नेपाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरुको समस्या भएको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सर्वोच्चको सो फैसलाले आम नागरिकहरुमा ठूलो असर परेको भन्दै नागरिकको पीरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताउनु भयो । उहाँले जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्ने बताउनु भयो । उहााले आफूहरुले जनताको अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको बताउनु भयो । कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको भन्दै न्यायपालिकाले फैसलाको पुनरावलोकन गर्नुपर्ने बताउनु भयो । उहाँले आफू प्रधानमन्त्री भएको बेलामा ठूलाठूला निर्णयहरु गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरुको खुट्टा काँप्न थालेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले तपाईं हामी जुन पीरमर्कामा छौँ, त्यो पीरमर्कापटी हाम्रो पार्टी संवेदनशिल छ । जनताको समस्या हाम्रो पनि समस्या हो । जनताका आँखामा आँशु बहेको हामी देख्न सक्दैनौँ । जनताको अनुहारमा हामी मुस्कान हेर्न चाहन्छौँ । उज्यालो अनुहार हेर्न चाहन्छौँ । एउटा परिवारलाई पनि पीडा हुन्छ भने त्यसले हामीलाई पोल्छ । पोल्नु पर्दछ । तब नै हामी जनताका सेवक हुन सक्दछौँ । जनताको हितैसी हुनसक्छौँ । जनताको सेवामा समर्पित छौँ भनेर भन्नसक्छौँ । आजसम्म जनताले हामीलाई पत्याएको कारण पनि त्यही हो । अब सवाल के छ भने अरुले गरेर हुँदैन, जसको हातमा कलम छ, उसैले गर्नुपर्छ । जसको हातमा अधिकार छ, उसैले गर्नुपर्छ । म प्रधानमन्त्री भएको बेलामा अरुले गरिदेओस् भनेर हुने बेला थिएन । बरु गर्दिन भनेका थिए मलाई । तपाईं नगर्नुस्, म गर्दिन्छु । कतिपय नेताहरुको खुट्टा काँप्न थालेको थियो । मैले खुट्टा काम्नेहरु कामिरहुन् । अघि बढिन्छ भनेर ठूला निर्णय गरेको थिएँ । चाहे त्यो विदेशी संस्थाहरुलाई नेपालबाट विदा गर्नेकुरा होस्, कतिपय मुलुकको बिरुद्धमा लागेका नेताहरुलाई थान्को लगाउने कुरामा होस्, दृढताका साथ गरेको थिएँ । हामीले आवाज उठाउनसक्छौँ, निर्णय गर्न सक्दैनौँ । न्यायपालिकाको काम हामीले गर्नु हुँदैन ।’

अध्यक्ष नेपालले संसदको माध्यमबाट अहिलेको सरकारलाई झक्झक्याउने काम गरिरहेको बताउनु भयो ।