• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुरस्थित महेन्द्र शान्ति माविको भवन उद्घाटन ★   तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन ★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

यू–२० एसियन कप छनोटका लागि नेपाली टोली घोषणा



काठमाडौँ । एएफसी यू–२० एसियन कप फुटबलको छनोट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घरेलु मैदानमा साफ यू–२० च्याम्पियनसिप खेलेका टोलीमा ६ परिवर्तन गर्दै टोली घोषणा गरेका हुन् ।

जसअनुसार साफ यू–२० च्याम्पियनसिपको टिममा रहेका १७ खेलाडी यथावत रहँदा विशाल केसी, मदन पौडेल, निनसाङ लिम्बु, जनप्रकाश बम, हरिशराजन भट्ट, रोहन खड्गी बाहिरिएका छन् ।

उनीहरुको स्थानमा अमित टमाटा, निर्मल बल र दीपक थापा मगर, मिडफिल्डर प्रशान्त लक्सम तथा फरवार्ड धनसिंह विक र निमा वाङ्देल अटाएका छन् ।

नेपाल एएफसी यू–२० एसियन कप छनोटको समूह बी मा छ । यस समूहमा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया छन् ।

नेपालले पहिलो खेल कम्बोडियासँग सेप्टेम्बर २१ मा खेल्नेछ । यस्तै, चाइनिज ताइपेईसँग सेप्टेम्बर २३ मा, उज्वेकिसत्नसँग सेप्टेम्बर २५ र बहराइनसँग सेप्टेम्बर २७ मा खेल्ने तालिका छ ।

नेपाली टोलीः

गोलकिपरः अमित टमाटा, जियारत सेख, क्रिशल मोक्तान

डिफेण्डरः आयुष तिम्सिना, अस्वीन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमेरे, सीमान्त थापा, दीपक थापा मगर

मिडफिल्डरः अविनाश स्याङ्तान, कुशल देउवा, लक्ष थापा, सरोज दर्लामी, प्रशान्त लक्सम

फरवार्डः अनिल बम्जन, धन सिंह विक, धर्बेन्द्र कुँवर, निमा वाङ्देल तामाङ, निरज कार्की, समीर तामाङ, निराजन धामी