७ फाल्गुन २०८१, बुधबार
February 19, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.33

Wind: 3.09

Humidity: 45

Latest
पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको छः सञ्चारमन्त्री वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छः प्रधानन्यायाधीश राउत ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीद्वारा भारतीय मन्त्रीसँग कुराकानी पुर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छः कमल थापा तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान ‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार एफएटीएफको बैठक शुरु, नेपालबारे के निर्णय आउला ? केआईआईटीबाट एक सयभन्दा बढि विद्यार्थी नेपाल फर्किए राजाले त्यसै बोलेका छैनन्,सबै मिल्नुको विकल्प छैन: राप्रपा नेता मिश्र रुसले बर्बरता रोक्न चाहन्छ…यो अर्थहीन युद्ध होः अमेरिकी राष्ट्रपति ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेन्द्र साहलाई एमाले सांसद पन्तको आग्रह: जनतालाई मर्कापर्ने काम नगर्नुस्



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडांै महानगरपालिकाका मेयर बालेन्द्र साहलाई जनतालाई मर्का पर्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उहाँले जनताको हितमा काम गर्न मेयर शाहलाई सुझाव दिनुभएको हो । उहाँले काठमाडौंमा थुप्रै विद्यालयहरुको नाम अंग्रेजीमा रहेकामा त्यसलाई नेपालीमा राख्ने भनि मेयर साहले शुरु गरेको अभियान कहाँ पुग्यो ? भनि प्रश्न समेत गर्नुभयो । काठमाडौंका विद्यालयहरुको नाम अंग्रेजीमा राखिनु कानून विपरित भएकाले त्यसलाई नेपालीमा राख्ने अभियान राम्रो भएपनि मेयर शाहले त्यसलाई निरन्तर रुपमा अघि बढाउन नसकेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद पन्तले काठमाडांैको नदी किनारमा थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्चको फैसला पुनरावलोकनमा जाने सरकारको तयारीको स्वागत पनि गर्नुभयो ।

उहाँले भन्नुभयो,‘काठमाडौं महानगरपालिकाका मेयरजीलाई पनि के आग्रह गर्न चाहन्छु भने–जनताको हितमा कदम चाल्नुस् । राम्रो कुरा गर्नुहोस् न । काठमाडांै महानगरपालिकाको मेयरले राम्रो काम गर्नुभयो भने त राम्रै भनिन्छ नि । उहाँले एउटा काम शुरु गर्नुभएको थियो–कहाँ पुग्यो थाहा छैन कि यो पेन्टागन जस्ता अनेकथरी नाम राख्ने थुप्रै स्कुलहरु छन । तिनीहरुको नाम नेपालीमा राख्नुपर्‍यो भनेर । कानून अनुसार गर्नुपर्ने त त्यही हो । त्यसलाई लागू गर्ने भनेको सुनिएको थियो । त्यो कहाँ पुग्यो ? त्यस्ता कुराहरुलाई पूर्णतामा पुर्‍याउनुस् । राम्रो छ । त्यो गर्नुपर्ने काम हो । तर यो जुन काम गर्दा जनतालाई मर्का पर्छ, त्यो काम गर्नुहुँदैन ।’

सांसद पन्तले सरकारले र स्थानीय तहले जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्ने बताउनु भयो ।