१९ माघ २०८१, शनिबार
,
Latest
प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण ‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति ट्रम्पद्वारा कैयौं व्यक्ति विरुद्धको छानबिनबाट उन्मुक्ति



अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्ने सम्भावित उद्देश्यले रसियाका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेका व्यक्तिहरु माथिको सङ्घीय छानबिन अन्त्य गरेको घोषणा गर्नु भएको छ । 

राष्ट्रपति ट्रम्पले अनुसन्धानबाट उन्मुक्ति दिएका व्यक्तिहरुमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरका बुबा र ट्रम्पका अति निकट दुई व्यक्ति हुनुहुन्छ । अमेरिकी सङ्घीय छानबिनका क्रममा उहाँहरुको संलग्नता देखिएको थियो । राष्ट्रपति ट्रम्पको कार्यकाल अन्त्य हुनै लाग्दा एकपछि अर्को उन्मुक्ति गरिएको भन्दै ट्रम्पको चर्को आलोचना भइरहेको छ । 

उन्मुक्ति दिइएका व्यक्तिहरुमा जारेड कुश्नरका बुबा चाल्र्स कुश्नर, ट्रम्पका पूर्व चुनावी व्यवस्थापक पल मानाफोर्ट र लामो समयदेखिका ट्रम्पका सल्लाहकार रोजर स्टोन रहनु भएको छ । 

उहाँहरु तीन व्यक्ति समेत हालसम्म २६ जनालाई ट्रम्पले उन्मुक्ति दिइसक्नु भएको छ । 

ट्रम्पले भ्रष्ट रिपब्लीकन कंग्रेस सदस्यको सजाय माफ गर्नुका साथै सन् २००७ मा बग्दाद घटनामा १४ निर्दोश इराकीको हत्यामा संलग्न सुरक्षा गार्डमाथिको सजाय पनि माफी दिनु भएको छ ।

चार वर्षअघि अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पलाई जिताउन रसियालीहरुसँग मिलेमतो गरेको आरोप लागेका मानाफोर्टलाई सबै आरोपबाट मुक्त गरेको विरोधमा ट्रम्प विरुद्ध चौतर्फी आलोचना भएको छ ।