१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो



अ+ अ-

काठमाडौं । लगातार परेको पानीसँगै सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

केहीबेर अघि कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । पानीको बहाव बढ्दै गएसँगै ५६ वटा ढोका खोलिएको उनले बताए ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।