१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण

लघुकथा सङ्ग्रह ‘सनेस’को विमोचन

लघुकथा सङ्ग्रह ‘सनेस’को विमोचन
अ अ+ अ-

भक्तपुर । साहित्यकार एवं सताक्षीधाम साहित्य सङ्गम झापाका अध्यक्ष उमानाथ दाहालको पहिलो लघुकथा सङ्ग्रह ‘सनेस’को आज भक्तपुरमा विमोचन गरिएको छ ।

सताक्षीधाम साहित्य सङ्गम झापा र हाम्रो लघुकथा केन्द्र नेपालको संयुक्त आयोजनामा आज भक्तपुरको कौशलटारमा आयोजित विमोचन कार्यक्रममा साहित्यकार, पूर्वप्राज्ञ प्रा डा देवी नेपाल, सृजना साहित्य समूहका अध्यक्ष एवं पूर्वप्राज्ञ लघुकथाकार ध्रुव मधिकर्मीलगायतले विमोचन गर्नुभएको हो ।

कार्यक्रममा साहित्यकार प्रा डा नेपालले दाहालको कृति लघुकथा सनेस भाषा, शैली, प्रस्तुति, संवाद सबै कोणबाट हेर्दा लघुकथाको आयामामा उत्कृष्ट रहेको चर्चा गर्नुभयो ।

उहाँले लघुकथाभित्र दाहालले समाजको बेथितिलाई भित्रैबाट केलाउँदै सामाजिक सन्देश छरेको बताउनुभयो । लेखक दाहाल झापाका लागि एक व्यक्ति नभई संस्था भएको चर्चा गर्दै उहाँका विभिन्न कृतिमध्ये लघुकथामा पहिलोपटक कलम चलाएर पनि स–सानामा कमजोरीबाहेक खोट लगाउने ठाउँ नभएको बताउनुभयो ।

लेखक दाहालकी पत्नी उर्मिला दाहाल आफैँमा साहित्यकार र छन्द कविता वाचनमा उत्कृष्टता पहिचान बनाउन सफल भएको भन्दै सिङ्गो परिवार साहित्य लेखन र सहयोगमा लाग्नु खुसीको कुरा भएको बताउनुभयो ।

स्रष्टा एवं लघुकथाकार धु्रव मधिकर्मीले लघुकथा एकछिनको एक आयामको एउटा घटनाको छोटो आयाम भएको चर्चा गर्दै सानो किस्सामा लेखिने भए पनि यसको अर्थ, महत्व र लेखनमा धेरै मेहनत पर्ने बताउनुभयो ।

लघुकथालाई सामान्य रूपमा लिन नहुने बताउँदै उहाँले यसमा हुनुपर्ने तत्वहरू नभए लुघकथा बन्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले लेखक दाहालको लघुकथा लेखन विस्तारै गहन रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले लुघकथाको जगेर्नामा उहाँको प्रयास प्रभावकारी हुने बताउनुभयो ।

सनेसका समीक्षकद्वय इन्दिरा चापागाईँ र शेखर अर्यालले समाजका विकृति, विसङ्गति, राजनीतिक विसङ्गति, शिक्षा, पारिवारिक समस्या, सामाजिक, राजनीतिक एवं जातीय विभेद, सरकारप्रति व्यङ्ग्य समेटिएको यो सङ्ग्रह भाषा र प्रस्तुति शैलीबाट समेत उत्कृष्ट रहेको बताउनुभयो ।

लेखक दाहालले यसअघि १० कथा सङ्ग्रह, बाल कविता सङ्ग्रह बाल संसार, कविता सङ्ग्रह, गीति सङ्ग्रह प्रकाशित गर्नुभएको छ । उहाँले लघुकथाको क्षेत्रमा भने यो पहिलो प्रयास भएको बताउनुभयो ।

त्यस अवसरमा हास्यकार डम्बर घिमिरे, बन्दना घिमिरे, लता केसी, निर्मला बराल ममतालगायतले दाहालको लघुकथाले सामाजिक सन्देश प्रवाह गर्न सफल हुने चर्चा गर्नुभयो ।

सनेसभित्र ६२ वटा लघुकथा सङ्ग्रहित छन् भने १५ देखि चार सय शब्दसम्मका लघुकथा छन् । कुल ८२ पृष्ठ लामो सङ्ग्रहको मूल्य रु दुई सय ५० कायम गरिएको छ ।