१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण

क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय

क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय
अ अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेट टिमकी सदस्य अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको क्यानको केन्द्रिय कार्य समिति बैठकले महिला क्रिकेट टिम ब्यबस्थापक र टीम प्रशिक्षकमाथि अभद्र व्यवाहार गरेको भन्दै बेगमलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

यस्तै, फिक्सिङ आरोपमा अदालतबाट निर्दोष सावित भएका आदिल आलमको निलम्बन एकहप्ता भित्र फुकुवा हुनेगरी प्रकृया अगाडि बढाउन अनुशासन समितिलाइ आवश्यक निर्णय गर्न पनि निर्देशन दिएको छ।

त्यसैगरी, क्यानले सातै प्रदेशका संघहरुसँग समन्वय गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टर्फ विकेट निर्माण गर्ने र प्रादेशिक क्रिकेट संघहरुमा डेभलपमेन्ट अफिसरको आवश्यकता देखिएको हुँदा ७ वटै प्रदेशहरूसँग समन्वय गरी प्रदेशहरूको सिफारिस अनुसार डेभलपमेन्ट अफिसर नियुक्त गर्ने निर्णय गरेको छ ।

क्यानले केन्द्रीय सदस्य प्रदीप मजगैयाको संयोजकत्वमा ’महिला विकास समिति गठन गरेको छ । सदस्यमा तेज प्रकाश भट्ट, दिवाकर थापा, जिना श्रेष्ठ, सुवास जैसवाल, कृष्ण प्रसाद श्रेष्ठ, नारद नेपाल र समितिको मेण्टरको रूपमा पूर्व कप्तान लेखबहादुर क्षेत्री रहेका छन् ।